बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेको घरदैलो

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेको घरदैलो

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १९।

नेकपा एमालेका उम्मेदवारहरुले काठमाण्डौ क्षेत्र नं ४ मा रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा घरदैलो अभियान सुरु गरेका छन। बुढानिलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै मतदाता रहेको वडा नं १० मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा.राजन भट्टराई र प्रदेस सभाका उम्मेदवार जयराम थापाले मनकामना मन्दिरमा दर्शन गरेर घरदैलो अभियान सुरु गरेका हुन्।

आज कार्तिक १९ गते नेकपा एमालेका उम्मेदवारहरुले वडा नं १० का विभिन्न स्थानमा घरदैलो गर्ने जानकारी दिदै निर्वाचन परिचालन कमिटी वडा नं १० का संयोजक जगत प्रसाद निरौलाले सहभागिताका लागि अनुरोध समेत गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा सबैभन्दा बढी मतदाता रहेको वडा नं १० लाइ प्राथमिकतामा राखेर घरदैलो अभियान संचालन गरिएको जानकारी दिदै प्रदेस क्षेत्रका निर्वाचन परिचालन कमिटी संयोजक राजन पोखरेलले जनताको न्यानो स्वागत प्राप्त भएकोमा खुसि व्यक्त गरेका छन।

आज दिनभर नेकपा एमालेका उम्मेदवारहरुले वडा नं १० मा घरदैलो गर्ने आयोजकले जानकरी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।