प्रसिद्द चामुण्डा मन्दिर बाट नेपाली कांग्रेस क्षेत्र नं ३ को घरदैलो अभियान शुरु

प्रसिद्द चामुण्डा मन्दिर बाट  नेपाली कांग्रेस क्षेत्र नं ३ को घरदैलो अभियान शुरु

कपन अनलाइन

काठमाडौँ, कात्तिक १८ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का उम्मेद्वारहरुले आज बाट औपचारिक रुपमा घरदैलो कार्यक्रम शुभारम्भ गरेका छन। आज बिहान गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित प्रसिद्द  चामुण्डा देबीको मन्दिर बाट घरदैलो कार्यक्रम शुभारम्भ गरेका हुन।

 नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार सन्तोष चालिसे  क्षेत्र नं. ३  (१ ) का प्रदेश सभा सदस्य उम्मेदवार छिरिंग दोर्जे लामा र क्षेत्र नं. ३ ( २ ) का प्रदेश सभा सदस्य उम्मेदवार बिमल ठकुरी सहित नेपाली कांग्रेस आवद्ध दलका नेता, कार्यकर्ताको टोलीले घरदैलो गरेको हो ।

राजनीतिक दलहरूले बिहीबारदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएसँगै घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

निर्वाचन आचारसंहिताले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदानको दिनभन्दा १७ दिन अघिदेखि मात्रै जुलुस, कोणसभा तथा आमसभा गर्न पाउने व्यवस्था गरिएको हो ।

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार सन्तोष चालिसे क्षेत्र नं. ३  (१ ) का प्रदेश सभा सदस्य उम्मेदवार छिरिंग दोर्जे लामा र क्षेत्र नं. ३ ( २ ) का प्रदेश सभा सदस्य उम्मेदवार बिमल ठकुरी समानुपातिक उम्मेदवार गोबिन्दहरि पुडासैनीले  चामुण्डा देबीको मन्दिरमा पुजाआजा गरेर चुनावी नावी प्रचार प्रसार सुरु गरेका हुन  ।

घरदैलो कार्यक्रम  चामुण्डा मन्दिर बाट शुरु भएको घरदैलो कार्यक्रम चामुण्डा  गेट जोरपाटी -अर्धौतेश्वर मन्दिर – नयाँबस्ती क्लब- बासुकी चोक- सर्वेश्वर मन्दिर- बासुकी चोक- गगननगर गेट, कोरीडोर सडक- जम्बु डाँडा चौकी- कोरिडोर सडक छिमेकी पार्टी प्यालेस हुदै ईष्टपोल स्कुल र लामा पेट्रोल पम्प संगै रहेको छिमेकी पार्टी प्यालेस पुगेर समापन हुने प्रचार प्रसार संयोजक हरिबोल भण्डारीले कपन अनलाइनलाइ जानकारी गराए।

घरदैलोमा उम्मेदवारहरुले नेपाली कांग्रेसको पक्षमा मतदान गर्नका लागि मतदाताहरु समक्ष आग्रह गरेका थिए ।घरदैलोको क्रममा उम्मेदवारहरुले आफ्नो एजेण्डा मतदातालाई बुझाउने प्रयास गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।