नेपाली कांग्रेस युवा परिचालन समिति क्षेत्र नं ३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, कात्तिक २।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-३ युवा परिचालन समितिको आयोजनमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ तरुण दलका अध्यक्ष एबम युवा परिचालन समिति संयोजक संजय लामाको अध्यक्षतामा पिस ब्यांकेट जोरपाटीमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं पुर्वमन्त्री अम्बिका बस्नेत रहेकी थिइन।
नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं ३का क्षेत्रीय सभापति प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष चालिसे क्षेत्र नं ३ प्रदेशसभा (१ ) का उम्मेदवार छिरिङ दोर्जे लामा, प्रदेश सभा(२ ) उम्मेदवार बिमल ठकुरी, नेपाली काङ्ग्रेस क्षेत्रीय सचीव दिपक रिसाल, नेपाली काङ्ग्रेस केन्द्रिय चुनाव प्रचारप्रसार समिति सदस्य एवं क्षेत्रीय प्रचारप्रसार संयोजक हरिबोल भण्डारी नेपाली कांग्रेस ,काठमाडौं जिल्ला सचिब गोबिन्दहरि पुडासैनी लगायत अतिथि रहेको कार्यक्रम संचालन क्षेत्रीय सह-सचीव सुदिप पन्डितले गरेका थिए।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं पुर्वमन्त्री अम्बिका बस्नेतले मंसिर ४ को निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने र काङ्ग्रेसलेनै त्यो सरकारको नेतृत्व गर्ने बताएकी थिइन ।
नेपाली काङ्ग्रेसले मात्रै देशमा आर्थिक समृद्धि र विकाससँगै लोकतन्त्र र संविधानको रक्षा गर्ने पनि बताउदै कांग्रेसका उम्मेदवारलाइ जिताउन सबै जना लाग्नु पर्नेमा जोड दिएकी थिइन नेपाली काङ्ग्रेसका सबै उम्मेदवारहरुले काम गरेर देखाइसकेका हुँदा सोहि कामको प्रचार गर्न जनताको घरदैलो सम्म पुग्न पनि अपिल गरेकी थिइन।
कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति एवं क्षेत्र नम्बर-३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष चालिसेले नेपाली काङ्ग्रेसले चुनाव जितेर मात्रै लोकतन्त्र सुदृढ र जनता संग जोडिएर विकासको काम गर्न सक्ने बताए ।
उनले मंसिर ४ पछि पनि नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्दै क्षेत्रमा जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्ने पार्टी नेपाली काङ्ग्रेस नै भएको जनताले बुझिसकेको बताएका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दैकाठमाडौं क्षेत्र नं ३ प्रदेश( १)का उम्मेदवार छिरिङ दोर्जे लामाले निर्वाचन जित्ने कुरा भन्दा पनि जनताको सेवा गर्ने कुरा ठूलो हो भन्दै आफुले विगतमा गरेको विकास निर्माणको कामले नै अहिलेको जित सुनिश्चित भएको बताए ।
उनले सन्तोष चालिसेले गोकर्णेश्वरको मेयर हुँदा गरेको विकास र आफुले बागमती प्रदेश सांसद हुदा गरेको कामले यो निर्वाचन क्षेत्रका तिनै सिट जित्न सकिने बताएका थिए ।
प्रदेश सभा(ख) उम्मेदवार बिमल ठकुरीले हामीलाई अब चुनाव हार्ने छुट नभएको भन्दै सबै नेता कार्यकर्ताले जनताको घरदैलो सम्म पुगेर नेपाली काङ्ग्रेसका उम्मेदवारलाई भोट माग्नुपर्नेमा जोड दिएका थिए ।
नेपाली काङ्ग्रेस केन्द्रिय चुनाव प्रचारप्रसार समिति सदस्य एवं क्षेत्रीय प्रचारप्रसार संयोजक हरिबोल भण्डारीले टोल र क्षेत्रको विकास गर्न सक्ने नेताले अब देश बनाउन पनि सक्छ भन्ने विश्वास लिएर सबै उम्मेदवार जिताउन एकजुट हुने बेला आएको बताए । घोषणापत्रमा के छ भनेर हेरेर भन्दा पनि जनताको अपेक्षा के छ भन्ने पनि बुझेर काम गर्न सक्ने उम्मेदवार क्षेत्र नं ३ ले पाएको भन्दै उनले चुनाव जित्ने वा हार्ने भन्दा पनि काम गर्न छाड्न नहुने दृढता व्यक्त गरेका छन ।
‘चुनाव जितेर मन्त्री बन्नेले गर्न नसकेको काम हामिले हारेका ठाउँमा पनि गर्न सकेका छौ’, उनले भने- ‘अब सबै क्षेत्र जितेपछि हामिले गर्न नसक्ने केही छैन ।’ उनले नेपाली काङ्ग्रेसले उठाएका उम्मेदवारलाई जिताउन नेपाली काङ्ग्रेसका कुनैपनि साथीहरूले कन्जुस्याइँ गर्न नहुने भन्दै एक भोटले पनि हामीलाई लोकतन्त्र रक्षाका लागि उर्जा मिल्न सक्ने बताएका थिए ।
‘मंसिर ४ सम्मको अभियानलाई आफ्नो कर्तव्य सम्झेर काङ्ग्रेसका हरेक सदस्यले आफुलाई समर्पित गर्ने बेला नै यहि भएको पनि उनले बताए ।गोकर्णेश्वर नगरपालिकाका प्रमुख तथा नेपाली काङ्ग्रेस क्षेत्रीय सचीव दिपक रिसालले यस क्षेत्रका सबै उम्मेदवारलाई बिजयी गराउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले काङ्ग्रेसले जित हासिल नगरेसम्म साथीहरू थाक्न नहुने बताएका थिए ।