रहेनन शताब्दी पुरुष सत्यमोहन जोशी
कपन अनलाइन
काठमाडौं असोज ३० । शताब्दी पुरुष सत्यमोहन जोशीको१०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराईरहेका जोशीको आइतबार बिहान निधन भएको हो । मुटु र प्रोष्टेटको समस्या रहेको जोशीको असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।
अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । १९७७ साल बैशाख ३० गते बखुम्बहाल ललितपुरमा जन्मिएका सँस्कृतिविद जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् ।२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो ।२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका जोशीलाइ नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’बाट मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो । नेपाली भाषा कला संस्कृतिको संरक्षण सम्बर्धन र विकासमा उनको अतुलनीय योगदान रहेको छ ।जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक पनि हुन ।