Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/09/308677095_5784614424891380_6379049574035921684_n-1024x547.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/09/309029591_5784613761558113_3184060626072321932_n-1024x724.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

ओख्रेनी माध्यमिक विद्यालय गोकर्णेश्वर १ मा आइ सि टि ल्याब उद्घाटन

कपन अनलाइन

काठमाडौँ, असोज १० । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको ओख्रेनी माध्यमिक विद्यालयमा  आइ सि टि ल्याब उद्घाटन  तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार  काठमाडौं क्षेत्र नम्बर ३ का निवर्तमान सांसद कृष्ण राईले आइसिटि ल्याबको रिमोट थिचेर उद्घाटन गरेका हुन् ।  बागमती प्रदेशका निवर्तमान सांसद रामेश्वर फुयाल, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ बिध्यालयका प्रधानाध्यापक शिक्षक  शिक्षिका र अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा ओख्रेनी माविका सुचना प्रविधी प्रमुख दुर्लव घिमिरेले आइ सि टि ल्याबको सान्दर्भिकता र त्यसबाट हुने लाभको बारेमा प्रकाश पारेका थिए ।

कक्षा ११ र १२ का विद्यार्थीलाई शिक्षा दिँदा पुरानो प्रविधि हुँदा अफ्ट्यारो भएको र अहिले बनेको आइ सि टि ल्याबका कारण २२ मध्य १९ विद्यार्थीलाई उतिर्ण गराउन सफल भएको बताएका थिए ।ओख्रेनी स्कुलमा जडान भएको आइ सि टि ल्याबले विद्यार्थीको आकर्षण बढाउन सफल हुने बिश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै  विद्यालयका प्रधानाध्यापक देवराज भट्टराईले आइ सि टि ल्याब विद्यार्थीको क्षमता अभिवृद्धि गर्न कोषेढुंगा सावित हुने धारणा ब्यक्त गरेका थिए ।कार्यक्रमका विषेश अतिथी एवम् बागमती प्रदेशका पुर्व भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालले आफुले सुन्दरीजलका विद्यार्थीको विश्वबजारमा बिक्न सक्ने विद्यार्थी उत्पादन गर्न सहयोग होस आफुले रकम विनियोजन गरेको र सो ल्याबको सही सदुपयोग गर्न अनुरोध समेत गरेका थिए ।त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कृष्ण राईले रामेश्वर फुयाललाई धन्यवाद दिँदै शिक्षक एवम् विद्यार्थीलाई ल्याबबाट सकेको  लाभ लिन अनुरोध गरेका थिए । उनले प्राबिधिक शिक्षा आजको आवश्यकता भएको औल्याउदै विश्वबजारमा  प्रतिस्पर्धा गर्न सक्ने  बिद्यार्थी  उत्पादन गर्न सहयोग होस भन्ने कामना गर्दै आउदै गरेको चाडपर्वको शुभकामना समेत ब्यक्त गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।