काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गर्यो,को को छन ?

काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गर्यो,को को छन ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २१।

काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस गरेको छ। नेकपा माओवादी केन्द्र काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्य पदका लागि तिन जनाको नाम सिफारिस गरिएको हो।

काठमाण्डौ क्षेत्र नं ४ मा दुई प्रदेस सभामा अपनी उम्मेदवार सिफारिस गरिएको छ भने प्रतिनिधि सभामा   नेकपा माओवादी केन्द्रका कुमार बोगटी,अमर बिक र विदुर खड्काको नाम सिफारिस गरिएको छ।

क्षेत्र नं ४ को प्रतिनिधि सभामा सिफारिस भएका बोगटी केन्द्रीय सदस्य हुन् भने बिक र खड्का बागमती प्रदेस कमिटी सदस्य हुन्।त्यस्तै सो क्षेत्रमा समानुपातिक तर्फ गोबिन्द बहादुर बटाला ,सुरेश कर्माचार्य  र नवराज न्यौपानेको नाम सिफारिस गरिएको छ।

 

तपाइँको प्रतिक्रिया ।