ओखलढुङ्गा चम्पादेवी-९ का सुनुवारको शव गोकर्णमा फेला पर्यो

ओखलढुङ्गा चम्पादेवी-९ का सुनुवारको शव गोकर्णमा फेला पर्यो

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १२।

गत बिहिबारदेखि हराइरहेका ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका वडा नं  ९ स्थायी घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ मा बस्दै आएका वर्ष २४ का दुर्गाधन सुनुवार आइतबार बिहान मृत अवस्थामा भेटिएका छन् । गोकर्ण मन्दिर नजिकै बागमती नदिको किनारमा आइतबार बिहान सुनुवारको शव भेटिएको हो।

गत बिहीबार साँझ ८ बजेदेखि नै  हराइरहेका सुनुवारको  स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागी फरेन्सिक मेडिसिन विभाग महाराजगंजमा पठाइएको छ।

मृतक  सुनुवारको गालाबाट रगत बगिरहेको अवस्थामा र शरिरमा घाउचोट र निलडाम भई रगत लत्तपतिएको अवस्थामा शव फेला परेको परिवारका आफन्तले बताएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।