मनोहरा, गोदावरी खोला, बागमती, बिष्णुमती किनारका स्थानीयलाई सतर्कता अपनाउन आग्रह
कपन अनलाइन
काठमाण्डौ ,साउन २९।
उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोर सडक प्रयोगकर्तालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
‘पछिल्लो ३ देखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, बागमती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यम-भारी बर्षा भएको, सबै नदीमा जलसतह बढ्दो छ’, महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘मनोहरामा जलसतह सतर्कता आसपास सम्म पुग्न सक्छ। अर्को ३ घण्टा नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाऔं।’
विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भइरहेकाले ८ बजेसम्म सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।
सूचना :
काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै ठाउँमा ठूलो पानी परेको हो। ती नदीमा पानीको सतह बढेको छ।
तपाइँको प्रतिक्रिया ।