ओखलढुंगाको प्रदेस सभा क्षेत्र नं २ मा को बलियो ?

कपन अनलाइन
काठमाडौं, साउन २७।

सरकारले मंगसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गरे संगै ओखलढुंगा जिल्लाका केहि नेताहरुले अदृश्य रुपमा तयारी थाले संगै जिल्लाको राजनीति तरंगित बनेको छ।

२०७४ सालको निर्वचनमा प्रतिनिधि सभा र दुई प्रदेस सभामा बाम गठबन्धनका उम्मेदवारहरुले विजयी प्राप्त गरेको ओखलढुंगा जिल्लाका शिर्ष नेताहरुले आन्तरिक परामर्श थालेका छन भने जिल्ला स्तरीय नेताहरुले पनि जिल्ला दौडाहा थालेका छन।

ओखलढुंगा जिल्लाका चार स्थानीय तह रहेको ओखलढुंगाको प्रदेस सभा क्षेत्र नं २ मा स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ।

लिखु,चम्पादेवी,सुनकोशी र मानेभन्ज्याङ्ग  गाउँपालिकाका ३८ वटा वडा रहेको यस प्रदेस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवारहरुले कुल  १७,११७  मत प्राप्त गरेका छन भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले कुल  १५,६५७ मत प्राप्त गरेका छन। वडा अध्यक्षहरुले प्राप्त गरेको मतका अनुसार यस क्षेत्रमा नेपाली कांग्रेस नेकपा एमाले भन्दा १४६० मतले अगाडी रहेको छ।

निर्वाचन आयोगको मतपरिणाममा उल्लेख भए अनुसार यस क्षेत्रमा नेकपा माओवादी  केन्द्रका वडा अध्यक्ष उम्मेदवारहरुले कुल २५४४ मत प्राप्त गरेका छन भने नेकपा एसले २६८ मत प्राप्त गरेको थिए।

यस निर्वाचन क्षेत्रका तिन  स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेस र एक तहमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन भने दुई वटा पालिकामा उपप्रमुख नेपाली कांग्रेसले जितेको छ। यस प्रदेस सभा निर्वाचन क्षेत्रका दुई पालिकाका उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।