काठमाण्डौ क्षेत्र नं ५ (१ ) मा को बलियो ?
कपन अनलाइन
काठमाण्डौ ,साउन १६।
सरकारले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको मिति घोसणा गरे संगै काठमाण्डौ क्षेत्र नं ५ (१ ) मा पनि राजनीतिक माहोल निकै तातेको छ।
काठमाण्डौ महानगरपालिकाका तिन वडा रहेको यस निर्वाचन क्षेत्रमा उम्मेदवार बन्नका लागि राजनीतिक दलका नेताहरु अहिले तीव्र आन्तरिक परामर्श र कसरतमा लागिरहेको अवस्थामा स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।
काठमाण्डौ महानगरपालिका वडा नं २ ,४ र ५ रहेको काठमाण्डौ क्षेत्र नं ५ (१ ) का तिन वटै वडामा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले विजयी प्राप्त गरेका थिए।
यस निर्वाचन क्षेत्रमा रहेका तिन वटा वडामा विजयी बनेका नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ७७९९ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका उम्मेदवारहरुले कुल ४८२७ मत प्राप्त गरेका छन। यस प्रदेस सभा क्षेत्रमा नेकपा एमाले २९७२ मतले नेपाली कांग्रेस भन्दा अगाडी रहेको छ।
त्यस्तै यस क्षेत्रका तिन वडामा राप्रपाका वडा अध्यक्ष उम्मेदवारहरुले कुल ११९४ मत प्राप्त गरेका छन भने नेकपा एसले ७४ र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ३७८ मत प्राप्त गरेका छन।
काठमाण्डौ क्षेत्र नं ५ (१ ) बाट २०७४ सालको प्रदेस सभा निर्वाचनमा नेकपा एमालेका नारायण सिलवाल ७७९० मत प्राप्त गरेर विजयी बनेका थिए भने उनकी निकटतम प्रतिद्वन्दी रमा गुरागाईले ४३०९ मत प्राप्त गरेकी थिइन् ।