काठमाण्डौ महानगरपालिका वडा नं ७ मा ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम सम्पन्न

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असार ३२।

काठमाडौँ महानगरपालिका वडा नंं ७ ले ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम आयोजना गरेको छ ।

वडाले सम्पादन गर्ने पूर्वाधार, सहरी सेवा तथा व्यवस्थापनमा युवाहरुका सोचलाई सामेल गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ४ का संघीय संसद सदस्य गगनकुमार थापाले, युवाहरुबाट व्यक्त भएका गुनासा, जिज्ञासा तथा मागका रुपमा आएका सवालहरुलाई वडाले सम्बोधन गर्नुपर्ने बताएका थिए  ।

उनले सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सडक पेटी, घरेलु फोहोर र ट्राफिक व्यवस्थापन, पर्यटनजस्ता क्षेत्रसँग युवाका नविन सोचको सम्बन्ध स्थापना गराउन आफू क्रियाशील भएर काम गर्ने बताएका  थिए  ।

कार्यक्रमबा बारेमा जानकारी दिँदै वडाध्यक्ष बिमलकुमार होडाले, युवाहरु के सोच्नुहुन्छ भन्ने विषयमा जानकारी लिन उहाँहरुलाई डाकेर कार्यक्रम गरिएको बताउदै कार्यक्रममा व्यक्त धारणा र सोचलाई वडा व्यवस्थापनमा उपयोग गरिने प्रतिवादत्ता व्यक्त गरेका थिए

कार्यक्रममा वडा क्षेत्रको विकास तथा व्यवस्थापनका लागि सक्रिय युवाहरुले आफूले गरिरहेको काम, त्यसबाट प्राप्त नतिजा र दिगो उपयोगका लागि वडाबाट गरिएको अपेक्षा आदि  विषयमा प्रस्तुतिकरण दिएका थिए ।

सहभागी युवाहरुले प्रश्न तथा जिज्ञासालाई  विषयमा प्रस्तुतकर्ता, वडाध्यक्ष र संघीय संसद सदस्यले उत्तर दिएको कार्यक्रममा वडा सदस्यहरु उज्जल अर्याल, सुरेश शाही र कल्पना सुन्दास लगायत जनप्रतिनिधिहरु सहभागी रहेका थिए।

तपाइँको प्रतिक्रिया ।