भूगोललाई चिनेको र भूगोलले चिनेको नेता क्षेत्र नं ५ का लागी आवस्यक छ : रमेशकुमार खड्का
कपन अनलाइन
काठमाण्डौ ,असार ३२।
संघीय तथा केन्द्रको चुनाबको चर्चा अब बिस्तारै चलन थालेको छ। काठमाडौँ निर्बाचन क्षेत्र न ५ अहिले चुनाबी चर्चाको बिषय समेत बनेको छ। बिभिन्न स्वतन्त्र उम्मेद्द्वरहरुले समेत काठमान्डौ क्षेत्र न ५ बाट चुनाब लड्ने संकेतहरु दिन थाली सकेका छन् ।
गत निर्बाचनमा केन्द्र तर्फ ने क पा एमालेका ईश्वर पोखरेलले चुनाब जितेका थिए भने प्रदेश क तर्फ नारायण सिलवाल र प्रदेश ख तर्फ दिपक निरौला बिजयी भएका थिए।
नेपाली कांग्रेसको क्षेत्र न ५ बाट उम्मेद्द्वर को हुन् सक्ला भनेर बिभिन्न अड्कलबाजी समेत सुरु हुदै गरेको माहोलमा बागमती प्रदेश सदस्य तथा निबर्तमान क्षेत्रीय सभापति रमेशकुमार खड्काले एक कार्यक्रम आयोजना गर्दै भूगोललाई चिनेको र भूगोलले चिनेको नेता क्षेत्र न ५ को लागी आबश्यक रहेको बताएका छन् ।
करिव ११ बर्ष काठमाडौ क्षेत्र नं ५ को क्षेत्रीय सभापति रहेका खड्काले यस क्षेत्रमा नेताहरु हुदाँ हुदै पनि यहाको नेताले अवसर पाउन नसक्नु दुखदायी रहेको समेत बताए ।
बिभिन्न पार्टी र स्वतन्त्र उम्मेद्द्वारहरुको रोजाई यस क्षेत्र परेको हुदाँ पार्टीमा योगदान दिएका नेताहरुलाई अब अवसर दिनुपर्नेमा समेत खड्काले जोड दिदै विभिन्न ब्यक्तिले उमेद्वार हुने बताउन थालेपछि यस क्षेत्रका स्थानीय तथा लामो समयदेखि यस क्षेत्रमा रहेर काम गर्दै आएका नेताहरुको सक्रियता र धारणा बनाउन कांग्रेसमा एक किसिमको बहस नै थालेको बताएका छन ।
कार्यक्रममा बोल्दै क्षेत्र न ५ प्रदेश ‘क’ र ‘ख’ का सभापति, रमेश डंगोल तथा राजु खड्काले यसअघिका निर्बाचनमा चुनाव प्रचार प्रसारका बेला आम मतदाताबाट उठेका प्रश्नहरुको जवाफ कार्यकर्ताले दिन सक्नेगरी पार्टीले टिकट दिनुपर्ने धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले यस क्षेत्रमा नै बसेर पार्टी तथा आम निर्बाचनमा लागेर सक्रिय भूमिकम निर्बाहा गरेको ब्यत्तिलाई उमेद्वार बनाउन नेतृत्वले ध्यान दिन आग्रह समेत गरे ।
काठमाडौँ क्षेत्र न ५ मा संघीय र प्रदेश गरी करिव ३० जनाले उमेद्वार बन्ने ईच्छा राखेको र उनीहरुबीच समन्वय गराउन र आफ्नो बिचार ब्यक्त गर्न छलफल कार्यक्रम राखिएको रमेशकुमार खड्काले बताउदै यस पटक यो क्षेत्रको संघीय सभा सदस्य पदको निर्बाचनमा उमेद्वार हुने पनि बताए । ईकाई सभापती महासमिती सदस्य. क्षेत्रीय पधादीकारी, प्रदेश क र ख का सभापती सहीत क्षेत्र नं ५ का ९५ जना नेताहरूको उपस्थिती उपस्थित रहेको उक्त कार्यक्रममा ३१ जना बक्ताहरुले आफ्नो धारणा ब्यक्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।