गोकर्णेश्वरको सुन्दरीजल बाट वि लभ यु फाउन्डेसनको बृहत विश्व ब्यापी सरसफाई अभियान शुरु

गोकर्णेश्वरको सुन्दरीजल बाट वि लभ यु फाउन्डेसनको बृहत विश्व ब्यापी सरसफाई अभियान शुरु

कपन अनलाइन

काठमाडौं,जेठ २५ । विश्व बातावरण दिवसको अवसरमा आज  गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल बाट वि लभ यु फाउन्डेसनको आयोजनामा बृहत विश्व ब्यापी सरसफाई अभियान शुरु गरेको छ । फाउन्डेसनले विश्व ब्यापी सरसफाई अभियान अन्तर्गत बागमती नदी सरसफाई गरेको हो ।  सुन्दरीजल स्थित ओख्रेनी माविमा औपचारिक कार्यक्रम पश्चात  सरसफाई कार्यक्रममा वि लभ यु फाउन्डेसनका करिब एक हजार स्वयंसेवक सहित सेना नेपाल प्रहरी लगायतले  ओख्रेनी माध्यमिक बिध्यालय सुन्दरीजल स्थित बागमती नदि किनार देखि गोकर्ण सम्मको  नदि किनारमा प्रभातफेरी सहित सचेतना जगाउदै फालिएका प्लास्टिक जन्य फोहोरहरू समेत सङ्कलन गरि सरसफाई गरिएको हो ।  वि.लभ.यु फाउन्डेसनका अध्यक्ष सोभाकर शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयाल,गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ सहित जन प्रतिनिधि सहित स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले वातावरण संरक्षण सहित सरसफाई  कार्यमा आआफ्नो ठाउँबाट योगदान पुर्‍याउन सबैलाई आह्वान समेत गरेका थिए । घरबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने छुटयाई व्यबस्थापन गर्न सकेमा आफनो वरीपरीको वाताबरण सफा र स्वच्छ  हुने र  फोहोर व्यवस्थापनमा सहजीकरण हुने  बताउदै कुहिने र नकुहिने फोहोर  छुट्याउन अनुरोध गरेका थिए ।  उनीहरुले सधैँभरि वातावरणलाई स्वच्छ र सफा राख्नका लागि सबैको साथ र सहयोगको आवश्यकता  रहेको बताएका थिए  ।

 अध्यक्षताको आसन बाट बोल्दै वि लभ यु फाउन्डेसनका अध्यक्ष  सोभाकर शर्माले  सरसफाई, बाताबरण संरक्षण  सम्बन्धि कार्यक्रम निरन्तर सन्चालन गर्ने जानकारी दिएका थिए । बिगतमा पनि सो सस्थाले सामाजिक र मानवीय कार्य गर्दै आएको बताउदै  उनले  भुकम्पको बेलामा राहत बितरण, उद्धार कार्य, पुननिर्माण, स्वास्थ सामग्रि बितरण लगाएत नेपालका बिभिन्न जिल्लामा आमाको स्कुल (Mother School) समेत  निर्माण गरेको  स्मरण गर्दै सरसफाई कार्यमा सबैको सहयोगको अपेक्षा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।