चावहिल १ नं नापी टोली बुढानिलकण्ठका सर्भेक्षक र अमिन विरुद्ध भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर

चावहिल १ नं नापी टोली बुढानिलकण्ठका सर्भेक्षक  र अमिन विरुद्ध भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।

चावहिल १ नं. नापी टोली बुढानिलकण्ठका सर्भेक्षक र अमिन विरुद्ध भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरिएको छ ।

नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाश राज भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।१२।२२ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठका सर्भेक्षक विनोद के.सी. र अमिन प्रकाश राज भट्टको मिलेमतोमा जग्गा हालसाविक गर्ने कार्यको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी १ लाख लिएको पुष्टि भएको थियो ।

उनिहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजहरु सर्भेक्षक विनोद के.सी. र अमिन प्रकाश राज भट्ट उपर बिगो एक लाख रुपै कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना तथा कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।