नव निर्वाचित जनप्रतिनिधिलाइ सम्मान गर्दै क्यान्सर केयर नेपालले पाँचौ वार्षिकोत्सव मनायो

नव निर्वाचित जनप्रतिनिधिलाइ सम्मान गर्दै क्यान्सर केयर नेपालले पाँचौ वार्षिकोत्सव मनायो

कपन अनलाइन

काठमाडौँ, जेठ २३ ।  गोकर्णेश्वर नगरपालिकामा क्यान्सर केयर नेपालको पाँचौ बार्षिकउत्सव सम्पन्न भएको छ। शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारी स्थित जी जी ट्राभललजको सभाहलमा संस्थाकी अध्यक्ष सिता थापा भट्टराईको अध्यक्षता भएको उक्त कार्यक्रममा  ११ जनालाइ  सल्लाहकारमा  मनोनित  गरेको जानकारी गराइएको थियो । क्यान्सर केयरलाइ देश ब्यापी बनाउने अभियानमा रहेको भन्दै सस्थाले  स्थानिय तहको आसन्न निर्वाचन बाट निर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा सम्मान समेत  गरेको थियो ।

क्यान्सर केयर नेपालका महासचिब मुकुन्द ढुंगानाद्वारा सहजीकरण गरिएको बधाई तथा शुभकामना कार्यक्रममा भर्खरै सम्पन्न स्थानिय तहको चुनावबाट निर्वाचित गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक रिसाल, उप प्रमुख सान्नानी लामा, वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ, वडा नं २ का वडा अध्यक्ष मधु तामाङ वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल, वडा नं ४ का वडा अध्यक्ष जयराम महत, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ७ का वडाअध्यक्ष केशब बहादुर गुरुङ वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजीव थापा काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष बिमल कुमार होडा  लगायत सम्पूर्ण सदस्य जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो।

कार्यक्रममा क्यान्सर केयर नेपालका उपाध्यक्ष  भवानी प्रसाद पौडेलले स्वागत मन्तब्य राख्दै जनताको अभिमतले जितेर आएका जनप्रतिनिधिहरुले ५ वर्ष कार्यकालको लागि समग्र गोकर्णेश्वर नगरपालिकाको हित र विकासका लागि प्रतिबद्धताका साथ निर्वाचनका अवधिमा गरेका प्रतिबद्धता र घोषणा अनुरुप काम गर्नेमा बिश्वास व्यक्त गरेका थिए। उनले क्यान्सर केयर नेपालको टिममा बरिष्ठ व्यक्तिहरुलाई जोड्न पाउदा खुसि लागेको बताउदै आगामी दिनमा कसरी  सस्थालाइ अगाडी बढाउने सल्लाह गरेर लैजाने बताए ।

क्यान्सर केयर नेपालको पाचौ बार्षिकउत्सबको अबसरमा सस्थाले सल्लाहकारमा माननीय प्रतिनिधि सभा सदस्य कृष्ण राई , पुर्व नगरप्रमुख सन्तोष चालीसे,अध्यक्ष नेपाल मेडिकल कलेज डा भोला रिजाल,नेपाल क्यान्सर केयर हस्पिटलका डा कपेन्द्र शेखर अमात्य
काठमाण्डौ महानगरपालीकाका वडा ७ का वडा अध्यक्ष बिमल होडा साथै नेपाल क्यान्सर रिलिफ सोसाइटिका अध्यक्षका बिबेक कुमार होडा,बरिष्ठ  शिक्षाबिद जगन्नाथ देबकोटा,बरिष्ठ समाजसेबि दिपक सिंह भण्डारि,समाजसेवि व्यावसायी पेमा छिरी शेर्पा,नवजिवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल,समाजसेवी तथा व्यवसायी लीमा अधिकारी,शिक्षाबिद तथा साहित्यकार देवी प्रसाद घिमिरे सहित ११ सल्लाहकार सदस्यमा मनोनित गर्दै  प्रमाणपत्रले सम्मान गरेको  थियो  ।

क्यान्सर केयर नेपालको पाचौ बार्षिकउत्सबको अबसरमा बधाई तथा शुभकामना कार्यक्रमलाइ सल्लाहकार र अतिथिहरुले क्यान्सर पिडितलाई सहयोग गर्ने र क्यान्सर लाग्ननै नदिने उपायहरु अपनाउनु पर्ने बिषयमा जानकारी गराएका थिए ।शुभकामना मन्तब्य  राख्दै  प्रतिनिधि सभा सदस्य सांसद कृष्णबहादुर  राईले क्यान्सर केयर नेपाललाइ सरकार संग समन्वय गरेर बिभिन्न कार्यक्रम अगाडी बढाउने र जनचेतना सहितका कार्यक्रम घर घरमा लैजाने गरेर  अगाडि बढ्नुपर्ने बताए ।अध्यक्षताको आसन बाट बोल्दै  सिता थापा भट्टराईले बिगतमा भएका धेरै कामको अनुसरण गर्दै आगामी दिनमा झन् सशक्त भएर सबैको साथ र सहयोगमा  अगाडी बढ्ने बताउदै  कार्यक्रमलाई सफल बनाउन उपस्थित सबैलाई धन्यबाद ब्यक्त  गरेकी थिइन ।

तपाइँको प्रतिक्रिया ।