वक्तृत्वकला प्रतियोगिता सम्बन्धी बुढानिलकण्ठ नगरपालिकाको सार्वजनिक सुचना

वक्तृत्वकला प्रतियोगिता सम्बन्धी बुढानिलकण्ठ नगरपालिकाको सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, जेठ १९ । बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश युवा परिषद द्वारा वक्तृत्वकला प्रतियोगिता आयोजना  गर्ने भएको छ  ।युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन बागमतीमा युवा सशक्तीकरण  शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुन लागेको उक्त वक्तृत्वकला प्रतियोगितामा  इच्छुक १६ देखि  २४ उमेर समुहका युवाहरुले बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा आफ्नो नाम गर्ता गर्न  अनुरोध गरिएको छ ।प्रतियोगितमा उत्कृष्ट  ३ जनालाई नगद पुरस्कार दिईने आयोजकले जनाएको छ ।

 जिल्लागत रुपमा प्रथम हुने १ महिला र १ पुरुषको लागि प्रतिव्यक्ति रु. ३०००/- पुरस्कारको व्यवस्था गरिएको छ ।जिल्लागत रुपमा प्रथम भएका १ महिला र १ पुरुषले तोकिएको मितिमा बागमती प्रदेशको राजधानी हेटौडामा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगितामा भाग लिनेछन जसको पुरस्कार राशी निम्नानुसार हुनेछ ।

(क) प्रथम पुरस्कार: रु. ३०,०००/- (अक्षेरुपी रु. तीस हजार मात्र)

(ख)दोस्रो पुरस्कार: रु. २५,०००/- (अक्षेरुपी रु. पच्चिस हजार मात्र)

(ग) तेस्रो पुरस्कार: रु. २०,०००/- (अक्षेरुपी रु. बिस हजार मात्र)

(घ) सान्त्वना पुरस्कार: रु. १०,०००/- (अक्षेरुपी रु. दश हजार मात्र)

सहभागी हुने स्थानीय निकायको केन्द्र,काठमाडौं केन्द्र: मिति २०७९ / ०२ / २७ गते बिहान १०.०० बजे ।प्रदेश स्तरीय प्रतियोगिता मिति २०७९/०३/०४ गते बिहान १०.०० बजे हेटौडा मकवानपुरमा सञ्चालन गरिनेछ ।प्रतियोगिताका बारेमा बुझ्न परेमा ९८५५०६५२५१ वा ९८५१०१३८९१ मा सम्पर्क गर्न सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।