शंखरापुर नगर कार्यपालिकाले पूर्णता पायो ,को को बने सदस्य ?
कपन अनलाइन
काठमाडौँ, जेठ १८ । शंखरापुर नगरपालिकाको नगर कार्यपालिकाले पूर्णता पाएको छ।बिहिबार सम्पन्न कार्यपालिकाको निर्वाचनले ५ महिला सदस्य सहित ३ दलित सदस्य निर्बाचित गरेपछि कार्यपालिकाले पूर्णता पाएको हो।साँखुमा सम्पन्न निर्वाचनले राष्ट्रिय प्रजातन्त्र पार्टी बाट ४ सदस्य, नेकपा एमाले बाट २ सदस्य र नेकपा माओवादी केन्द्र बाट २ गरी कुल ८ जना सदस्य निर्बाचित गरेको छ।
निर्बाचित हुनेमा महिला कोटा बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी चन्दा श्रेष्ठ, राज्यलक्ष्मी नेम्कुल, तिउरीमाया वाईबा, नेकपा एमाले बाट उमा कार्की र नेकपा माओवादी केन्द्रका मनिषा परियार रहेका छन।त्यसैगरी दलित अल्पसंख्यक कोटा बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका संजय रम्तेल, नेकपा एमालेका आनन्द रम्तेल र माओवादी केन्द्रका रमेश नेपाली निर्बाचित भएका छन।निर्बाचन पश्चात १९ सदस्यीय कार्यपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर प्रमुख सहित ८ सदस्य, नेपाली काँग्रेसका उप प्रमुख सहित ५ जना, नेकपा एमालेका ३ जना र नेकपा माओवादीका ३ जनाको प्रतिनिधित्व रहेको छ।