केशवराज पाठकले कांग्रेस छाडे, स्वतन्त्र लेखनमा सक्रिय रहने

कपन अनलाइन

काठमाण्डौ,जेष्ठ ९।

बुढानिलकण्ठ नगरपालिकामा बसोवास गर्दै १५ वर्ष देखि नेपाली कांग्रेसको क्रियाशील सदस्यका रुपमा सक्रिय रहेका केशव राज पाठकले कांग्रेस छाडेका छन।

लामो समय देखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पाठकले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का इकाई सभापतिलाई राजिनामा लेख्दै आगामी दिनमा लेखन र पत्रकारिता क्षेत्रमै केन्द्रित हुने बताएका छन।

नेपाली कांग्रेसको साधारण सदस्य बाट नै राजिनामा दिनका पछाडी कांग्रेसका नेताहरु संग वैयक्तिक गुनासाहरु रहे पनि तिनलाई नखोल्ने उल्लेख गर्दै पत्रकार पाठकले पार्टीको चवन्नी परिधिबाट हटेर लेखन परिधिलाई बढाउने उल्लेख गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ र बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसको संगठन,विचार र संचारको क्षेत्रमा निरन्तर प्रत्यक्ष अप्रत्यक्ष योगदान पुर्याएका पाठकको राजिनामा संगै कांग्रेस राजनीति तरंगित भएको छ।

पत्रकार  पाठकको राजीनामा :   

No description available.

तपाइँको प्रतिक्रिया ।