काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसको प्यानल नै विजयी
कपन अनलाइन
काठमाडौँ, जेठ ८ । काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार बिमल कुमार होडाको प्यानलनै विजयी भएको हो । नेपाली कांग्रेस बाट वडा नं ७ को वडा अध्यक्षमा निर्वाचित होडाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण मणि भट्टराईलाइ ५१ मत अन्तरले पराजित गरेका हुन ।
बिमल कुमार होडाले २८६७ मत ल्याउदा उनका प्रतिस्पर्धी कृष्ण मणि भट्टराईले २८१६ मत प्राप्त गरे ।त्यसै गरि सोहि पदमा उम्मेदवार रहेका नेकपा एकीकृत समाजबादी का शुद्द कुमार डंगोलले ९२४ मत ल्याए भने राप्रपाका गोपाल थापाले ५५८ मत प्राप्त गरे । अध्यक्षमा बिमल कुमार होडा निर्वाचित भए संगै सदस्यहरुमा नेपाली कांग्रेसका उज्ज्वल अर्याल, सुरेश शाही, रुपा थापा र कल्पना सुन्दास निर्वाचित भएका छन ।