कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा नेकपा एमालेको अग्रता

कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा नेकपा एमालेको अग्रता

कपन अनलाइन

काठमाडौँ, बैशाख ३१ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ को पछिल्लो मत गणना अनुसार नेकपा एमाले अग्रता कायम गरेको छ। २:३० बजे सम्मको मत गणना अनुसार कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा नेकपा एमालेका मेयर उम्मेदवारले  ५०७ मत ल्याएका छन भने प्रतिस्पर्धी गठबन्धन बाट नेपाली कांग्रेसले ४२४ मत ल्याएका छन। त्यसै गरि एकीकृत समाजबादीले १५ मत र राप्रपाले ५ मत ल्याएका छन।त्यसै गरि उप प्रमुखमा नेकपा एमालेका उम्मेदवार ले ५०९ मत ल्याउदा  प्रतिस्पर्धी गठबन्धन बाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले २५५ मत ल्याएका छन।

वडा नं १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ५४३ मत ल्याउदा प्रतिस्पर्धी नेपाली काग्रेस उम्मेदवारले ४१२ ल्याएका छन त्यसै गरि नेकपा एमालेका  महिला वडा सदस्यले ५३० ल्याउदा नेपाली कांग्रेसकि उम्मेदवारले २२८ मत ल्याएकी छिन ।त्यसैगरि दलित महिला सदस्यमा नेकपा एमाले कि उम्मेदवारले ५१६ मत ल्याउदा उनको प्रतिस्पर्धी  नेपाली कांग्रेसकि उमेद्वारले ४१२ मत ल्याएकी छिन ।खुल्ला सदस्यमा नेकपा एमालेका उम्मेदवारले क्रमश ४९८ र ५९१ मत ल्याउदा प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसले क्रमश ४३१ र ४१५ मत ल्याएका छन ।

तपाइँको प्रतिक्रिया ।