कागेश्वरीमा मेयरका उम्मेदवार कृष्णहरि थापाले घरदैलो कार्यक्रम तिब्र पारे

कागेश्वरीमा मेयरका उम्मेदवार कृष्णहरि थापाले घरदैलो कार्यक्रम तिब्र पारे

कपन अनलाइन

काठमाडौं बैशाख १९ ।  कागेश्वरी मनोहरा नगरापालिकामा नेकपा (एकीकृत  समाजबादी) बाट मेयरका उम्मेद्वार बनेका  कृष्णहरि थापाले घरदैलो कार्यक्रम तिब्र पारेका छन । नगरपालिकाका निवर्तमान मेयर थापाले स्थानीय र नेता कार्यकर्ताको उत्साहजनक उपस्थितीमा घरदैलौ  कार्यक्रम शुरु गरेका हुन् । कागेश्वरी मनोहरा नगरपालिकाको  मेयर जितेर जनताको विश्वास जित्नेगरी काम गरेका थापाले अर्को अवशर पाउँदा झनै राम्रो काम गर्ने प्रतिबद्धता गरेका छन् । ‘अघिल्लो पटकको काम हेरेर जनताले मत दिनेमा म विश्वस्त छु, मलाई पुन जिताएर पठाएमा कागेश्वरीको विकास अझ राम्रा तरिकाले कागेश्वरीको विकास गर्नेछु,’ मेयरका उम्मेद्वार थापाले भने ।

 घरदैलो कार्यक्रममा नागरिकले आफूलाई देखाएको सद्भाव देखेर थप हर्षित भएको पनि उनले बताएका छन । लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुदै त्यहीबाट गाविस अध्यक्ष, २०७४ सालको स्थानीय निर्वाचनमा मेयर बनेका थापाले यस पटक जटिल परिस्थतिको कारण कलम चिन्हमा मतदान गर्न सबै नगरबासीलाई अपिल गरेका छन् ।आफ्नो क्षमता, योजना र बाँकी रहेका कामलाई फत्ते गर्न थापा फेरी मेयरमा दोहोरिन लागेका बताउछन् । कागेश्वरी मनोहरा नगरपालिकामा  नेकपा (एकीकृत समाजबादी)पार्टी बाट उप मेयर पदमा  सरस्वती नेपाल रहेकी छिन ।

 

तपाइँको प्रतिक्रिया ।