बुढानिलकण्ठवासीको मुखमा एकै नाम ,अव एक पटक मिठाराम !
कपन अनलाइन
काठमाडौँ,बैशाख १९।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार मिठाराम अधिकारी अहिले घर दैलो अभियानमा रहेका छन।
धेरै आंकलन र अनुमानलाई गलत सावित गर्दै बुढानिलकण्ठ नगर प्रमुख पदका लागि नेकपा एमालेको उम्मेदवार बनेका अधिकारीले आज बैशाख १८ गते सोमवार वडा नं १३ का विभिन्न क्षेत्रमा घर दैलो गरेका छन।
काठमाण्डौ जिल्लाको बामपन्थी आन्दोलनमा करिव ४ दशक देखि निरन्तर सक्रिय रहेका अधिकारी २०५४ सालका जनप्रतिनिधिहरुमा निकै लोकप्रिय र सम्झनयोग्य जनप्रतिनिधि मध्ये एक हुन्।
साविक कपन गाविसको नेतृत्व गरेर विकास निर्माणको नेतृत्व गरेका अधिकारीको उम्मेद्वारी संगै अहिले बुढानिलकण्ठ नगरपालिकामा विभिन्न कोण बाट बहस र चर्चा सुरु भएको छ।
सामान्य मानवीय मामिला देखि गम्भिर राजनीतिक र सामाजिक विषयहरुमा सक्रिय रुपमा संलग्न रहेर कुनै आधिकारिक जिम्मेवारी नहुँदा पनि जनता माझ पुगेका अधिकारीको वारेमा जान्न, बुझ्न र चिन्न खोज्ने नगरवासीहरुको शंख्या दिन प्रति दिन बढ्दै गएको छ।
आगामी ५ वर्ष बुढानिलकण्ठ सरकारको कमाण्ड सम्हाल्न उपप्रमुख उम्मेदवार अनिता लामा सहित बहुमत अनुभवी र नयाँ उर्जा भएका उम्मेदवारहरुको टिम लिएर मैदानमा उत्रिएका अधिकारीको राजनीतिक भविष्यको फैसला हुन् भने अव केवल १२ दिन बाँकी रहेको छ।