चामुण्डा देबीको दर्शन गर्दै शुरु गर्यो नेपाली कांग्रेस गोकर्णेश्वरले घर दैलो अभियान

चामुण्डा देबीको दर्शन गर्दै शुरु गर्यो नेपाली कांग्रेस गोकर्णेश्वरले घर दैलो अभियान

कपन अनलाइन

काठमाडौँ,बैशाख १९ ।स्थानीय निर्वाचनको सरगर्मी बढेसंगै राजनीतिक दलहरुले घरदैलो अभियानलाई तीब्र पारेका छन् । नेपाली कांग्रेस  गोकर्णेश्वरका  मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारले पनि आइतबार बाट घरदैलो अभियान शुरु गरेका छन। नगरलाई कांग्रेसमय बनाउने योजनाका साथ उम्मेदवारहरुले  चुनावी घरदैलो शुरु गरेका हुन । गोकर्णेश्वर  नगरपालिका वडा नं ५ स्थित चामुण्डा देबीको मन्दिर दर्शन गर्दै घर दैलो शुरु भएको हो ।वडा वडामा निर्वाचन परिचालन समिति बनाएर नेपाली कांग्रेस चुनाबी प्रचार अभियानमा होमिएको हो।

“सुशासन र समृद्धिका लागि युवा नेतृत्व लाई जिम्मेवारी म बनाउछु मेरो नगर” भन्ने मूल नाराका नारासहित आइतबार बाट कार्यकर्ताको घरदैलोमा मत माग्न हिडेका हुन् । नगरमा नेपाली कांग्रेसले जनताको हकहितमा काम गरेको हुँदा विजयी हुने सुनिश्चितताका साथ मत माग्न गोकर्णेश्वर वडा नं ५ जोरपाटी बाट घर दैलो  अभियानमानगरप्रमुखका उम्मेदवार दिपक रिसाल  उप प्रमुखकी उम्मेदवार  शान्ति नेपाल  गोकर्णेश्वर ५ वडा अध्यक्षका उम्मेदवार नारायण बहादुर सुवेदी, वडा सदस्यका उम्मेदवार सहित क्षेत्रीय सभापति सन्तोष चालिसे लगायत नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो  ।

उम्मेदवारहरुले  वडा तथा नगर बिकासको योजना र प्रतिबद्धता साथ घर चुनावी घरदैलो शुरु गरेको बताएका छन । उम्मेदवार सहित घर दैलोमा जाँदा स्थानीयले  नेपाली कांग्रेसका उम्मेदवारलाइ मत दिने प्रतिबद्धता ब्यक्त गरेको वडा अध्यक्षका उम्मेदवार नारायण बहादुर सुवेदीले  कपन अनलाइनलाइ जानकारी गराए  ।

आइतबार नै वडा नं ५ र ६ मा घर दैलो गरेको टोलि अपरान्ह गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल स्थित बिपी संग्राहलय पुगी बिपी गणेश मान कृष्णप्रसाद भट्टराई लगायतको सालिकमा माल्यार्पण गरि वडा नं १ को  कुने, चिलाउने, मुलखर्क लगायतको क्षेत्रमा मत माग्न पुगेका थिए ।

तपाइँको प्रतिक्रिया ।