बुढानिलकण्ठकी एक मात्र महिला वडा अध्यक्ष उम्मेदवार वडा नं ९ की सुमित्रा त्रिपाठी पाण्डे

कपन अनलाइन

काठमाण्डौ,बैशाख १६।

बुढानिलकण्ठ नगरपालिकाका राजनीतिक दलहरुले महिलाहरुलाई उपप्रमुख  र  सदस्यमा मात्र सिमित गर्ने प्रयास गरेको अवस्थामा वडा नं ९ की सुमित्रा त्रिपाठी पाण्डे अपवाद बनेकी छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा नं ९ को महिला सदस्य पदमा निर्वाचित भएकी पाण्डेलाई यस पटक वडा अध्यक्ष पदको उम्मेदवार बनाएको छ।

वडा नं ९ का अध्यक्ष राजेन्द्र सापकोटाले व्यक्तिगत कारणले जिम्मेवारी सम्हाल्न नसकेको अवस्थामा लामो समय कार्यबाहक अध्यक्षका रुपमा वडाको नेतृत्व सम्हाल्ने मौका पाएकी पाण्डेले धेरै रचनात्मक र सृजनशील अभियानहरुको नेतृत्व गरेकी थिइन्।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य समेत रहेकी पाण्डे वडाको नेतृत्वमा पुग्ने उदाहरणीय मनिला बन्ने सम्भावनाको निकै नजिक पुगेकी छन।

मिलनसार स्वभाव ,सरल बानी व्यवहार र मिजासिलो शैलीका कारण वडावासी माझ लोकप्रिय रहेकी पाण्डे वडाका अधिकांश महिला समुह र संघ संस्था विच लोकप्रिय रहेकी छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।