नेकपा एमालेले अन्याय गरेपछि स्वतन्त्र उम्मेदवार बनेकी सुनकोशी-१० की शर्मिला शशक्त बन्दै

कपन अनलाइन

काठमाण्डौ , बैशाख १६ ।

ओखलढुंगा जिल्लाको  सुनकोसी गाउँ पालिका वडा नं १०  को अध्यक्षमा  नेकपा एमालेको प्रस्तावित उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार महिला नेत्री शर्मिला खतिवडाको शशक्त देखिएकी छन

२०३९ सालबाट अनेरास्ववियुको पारम्भिक कमिटीबाट राजनीति थालनी गरेकी महिला नेत्री शर्मिला खतिवडाले लामो समय पार्टी संगठन गर्दै २०४८ सालदेखि शैक्षिक पेसामा २५ बर्षभन्दा लामो समय बिताएकी थिइन।

नेक=पा एमाले भएकै कारण उनीलाई २०५० सालमा शिक्षक सेवाको लिखित पास गरेतापनि मौखिकबाट शिक्षण पेसासहित हटाउदै नेपाली काङ्ग्रेस निकटलाई भित्राइएको थियो।

उनले फेरी पेसा अगाल्दै तत्कालीन नेपाल राष्ट्रिय शिक्षक संगठनको दुई कार्यकालमा उपाध्यक्ष र केन्द्रिय प्रतिनिधिको रुपमा नेतृत्व गरेकी थिइन भने कटुन्जे गा.वि.स स्तरीय हिमालय आमा समुह संजालमा अध्यक्ष हुँदै महिलाहरुको अब्बल नेतृत्व गर्दै महिला सहभागिता र महिला हिम्सा विरुद्ध सशक्त अभियान नै चलाएकी थिइन।

४० बर्ष पार्टीको संगठन निर्माणमा जुटेका,निष्ठा र इमान्दार नेतालाई हटाउदै ४० घण्टा अगाडि पार्टीमा प्रवेश गरेकालाई टिकट दिएको भन्दै  सुनकोशी १० बाट वडा अध्यक्ष पदमा खतिवडाले  स्वतन्त्र उम्मेदवारी दिएकी हुन।

सुनकोशी १० मा शैक्षिक पेसामा आवद्ध हुँदा उत्पादन गरेका विद्यार्थी लगायत आफुले अगाडि बढाएका महिलाहरुको उनलाई बलियो साथ दिने संकेत पाए संगै उत्साहित बनेकी खतिवडाले सिद्धान्त र निष्ठाको राजनीति गर्नेहरु र फाइदा ,स्वार्थको राजनीति गर्नेहरुबिच यसपाली भने चर्को लडाइ रहेको बताएकी छन।

नेकपा एमालेले अन्याय गरेको भन्दै स्वतन्त्र उम्मेदवार बनेकी खतिवडा संग भर्खरै ने.क.पा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेकपा एमालेका छवि धमला मैदानमा रहेका छन।

सुनकोशी १० नेपाली काङ्ग्रेसको किल्ला मानिए पनि  यस पटक भने त्यहाँ नेपाली काङ्ग्रेसभित्र पनि बागी उम्मेदवार रहेका छन।

तपाइँको प्रतिक्रिया ।