सेन्ट लरेन्स कलेज चाबहिलको बिद्यार्थी स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, चैत्र २७ । चाबहिलस्थित सेन्ट लरेन्स कलेजले स्वागत तथा बिदाइ कार्यक्रम संम्पन्न गरेको छ । कलेजको २५ वर्ष पुगेको अवसरमा शनिबार कार्की ब्यांकेट आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा त्रिभुवन विश्वविद्यालयकी मानविकी र सामाजिक विज्ञान तर्फकी डिन प्रोफेसर डाक्टर कुसुम शाक्य रहेकी थिइन् भने बिशेष अतिथिको रुपमा शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङ, काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष शुद्द कुमार डंगोल, सेन्ट लरेन्स कलेज प्रमुख पुरुषोत्तम महर्जन लगायत कलेजका प्रोफेसर, शिक्षक र बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता सेन्ट लरेन्स कलेजका अध्यक्ष केशब प्रसाद दंगालले गरेका थिए ।
कलेज प्रमुख पुरुषोत्तम महर्जनले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष शुद्द कुमार डंगोलले सेन्ट लरेन्स कलेज काठमाडौं महानगरपालिका वडा नं ७ कै नमुना कलेजका रुपमा रहेको बताए। उनले विद्यार्थीहरुलाई विदेश पलायन हुनबाट रोक्न विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको आवश्यकता रहेकोमा जोड दिएका थिए ।कलेजको २५ औं वार्षिक उत्सवको अवसरमा विभिन्न संकाय तर्फका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानसँगै खेलकुद विधामा विजयी खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याती कमाएका पूर्व विद्यार्थीहरु लामो समयदेखि अध्यापनरत शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले आफ्ना जीवनका भोगाई, संघर्ष र शिक्षाको महत्वको बारेमा जानकारी दिदै आफ्नो घर परिवार र संस्थासँगै आफ्नो शैक्षिक यात्रामा पनि अघि बढदै गरेको जानकारी दिएकी थिइन ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका मानविकी र सामाजिक विज्ञान तर्फकी डिन प्रोफेसर डाक्टर कुसुम शाक्यले सेन्ट लरेन्समा पढ्ने सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना दिँदै मिहेनत गर्नेलाई एक दिन सफलता मिल्ने बताइन् । शाक्यले सेन्ट लरेन्स कलेजले दिँदै आएको कोटा प्रणालीको प्रसंशा गरेकी थिइन। अध्यक्षताको आसन बाट बोल्दै कलेजका अध्यक्ष केशवप्रसाद दंगालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। औपचारिक कार्यक्रम पश्चात बिद्यार्थीहरुले बिभिन्न प्रस्तुति मार्फत मनोरंजन प्रदान गरेका थिए।