गोकर्णेश्वर–४ जगडोलमा मृत भेटिएको शवको पहिचान खुल्यो ,मृतक सरस्वतीनगर बस्ने राई

गोकर्णेश्वर–४ जगडोलमा मृत भेटिएको शवको पहिचान खुल्यो ,मृतक  सरस्वतीनगर बस्ने राई

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २५।

गोकर्णेश्वर नगरपालिका–४  जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी महिला सरस्वती नगर बस्ने नीला राईको रहेको पत्ता लागेको छ।

चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई  भोजपुरको हतुवागढी गाउँपालिका–२ की स्थायी बासिन्दा रहेकी थिइन्।

पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको छ ।

निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन  ।घटनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको र  घटनाबारे महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ  ।

तपाइँको प्रतिक्रिया ।