बुढानिलकण्ठ -११ को सदस्यमा नेकपा एमालेकी प्यारी कुमारी शर्मा ( कन्चन ) को दावी
कपन अनलाइन
काठमाडौँ, चैत्र १८।
२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को सदस्य पदमा नेकपा एमालेकी प्यारी कुमारी शर्मा (कन्चन) ले दावी गरेकी छन।
हाल नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य रहेकी शर्माले २०५४ साल देखि नेकपा एमालेका विभिन्न कमिटीहरुमा रहेर योगदान दिएकी छन।
२०६४ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेकी उनले वडा कमिटीमा रहेर लामो समय काम गरेकी थिइन् भने अखिल नेपाल महिला संघ काठमाण्डौ जिल्ला कमिटीमा रहेर पनि विभिन्न जिम्मेवारीहरु बहन गरेकी छन।
भूकम्पको समयमा उद्दार कार्य र कोभिड संक्रमणको समयमा अग्रमोर्चामा रहेर स्वयंसेवा गरेकी उनले वडा नं ११ मा संगठन विस्तार र विकास निर्माणमा पनि सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।
तपाइँको प्रतिक्रिया ।