गोकर्णेश्वर -९ को पुनार्निर्मित ऐतिहासिक ढुंगेधारा उद्घाटन
कपन अनलाइन
काठमाडौं, चैत्र १८। गोकर्णेश्वर नगरपालिका वडा नं ९मा दुइ सय वर्ष पुरानो ऐतिहासिक सिमधारा (ढुंगेधारा)को पुनर्निर्माण सम्पन्न भई उद्घाटन गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग करिब ५ लाख रुपैयाको लागतमा पुनर्निर्माण गरिएको उक्त धाराको चैत्र १७ गते बिहिबार प्रमुख अतिथि नगरपालिका प्रमुख सन्तोष चालिसेले उद्घाटन गरेका हुन।
ढुंगेधारा खानेपानी संरक्षण टोल सुधार समितिका अध्यक्ष सुमन ताम्राकारको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिशेष अतिथि उक्त कार्यक्रममा नगरपालिकाकी उप प्रमुख शान्ती नेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, वडा अध्यक्ष राजिब थापा, वडा सदस्य हरिकृष्ण कारंजित , गमला परियार, पुरुषोत्तम थापा, लगायत ढुंगेधारा खानेपानी संरक्षण टोल सुधार समितिका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन ढुंगेधारा खानेपानी संरक्षण टोल सुधार समितिका कोषाध्यक्ष लक्ष्मी गुरुङले गरेकी थिइन ।ढुंगेधारा खानेपानी संरक्षण टोल सुधार समितिका सचिब लेख रत्न शाक्यले स्वागत मन्तब्य राखेकोकार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगरपालिका प्रमुख सन्तोष चालिसेले नगरपालिकाको आर्थिक सहयोगमा वडामा तीन वटा ऐतिहासिक काम भएको बताए ।
ब्याडमिन्टन कोर्ट निर्माण , पार्क निर्माण र एतिहासिक धारा निर्माण भएको जानकारी गराए । उनले वडामा तीन वटा ऐतिहासिक धारा रहेको जसमा आरुबारी धारा, मन्डल धारा र सिमधारा रहेकोमा हाल सिमधारा पुनर्निर्माण सकिए संगै नमुनाको रुपमा भएको उदघोष गर्दै धारा निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आाउदो दिनमा यस्ता कामा लाई प्रोत्साहन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा उप प्रमुख शान्ती नेपाल, वडा अध्यक्ष राजिब थापा ,प्रमुख सल्लाहकार दिपक रिसाल, लगायतले ऐतिहासिक धाराको बारेमा चर्चा गरेका थिए । उनीहरुले उक्त धारा संरक्षणमा पनि जोड दिएका थिए ।अध्यक्षताको आसन बाट बोल्दै ढुंगेधारा खानेपानी संरक्षण टोल सुधार समितिका अध्यक्ष सुमन ताम्राकारले उपस्थित सबैलाई धन्यबाद दिदै धारा पुनर्निर्माणमा प्रत्यक्ष अप्रक्ष्य रुपमा सहयोगर्ने सवैलाई धन्यबाद ब्यक्त गरेका थिए ।
तस्वीर सौजन्य : प्रदीप कुमार श्रेष्ठ