सांसद गगन थापा र डा.राजन भट्टराई संग बुढानिलकण्ठ-८ सुन्दरबस्तीका स्थानीय आक्रोसित

सांसद गगन थापा र डा.राजन भट्टराई संग बुढानिलकण्ठ-८ सुन्दरबस्तीका स्थानीय आक्रोसित

कपन अनलाइन

काठमाडौँ, चैत्र १८।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ सुन्दरबस्तीमा निर्माण भैरहेको बक्स कल्भर्ट निर्माण अलपत्र बने पछि काठमाण्डौ क्षेत्र नं ४ का सांसद गगन कुमार थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा . राजन भट्टराई संग स्थानीयहरु आक्रोसित बनेका छन।

सो स्थानमा हिमालयन जेभी ललितपुरले  निर्माण गरिरहेको बक्स कल्भर्ट अलपत्र पारेर ठेकेदार सम्पर्क विहिन बने संगै सो स्थानमा ढल जम्मा भएर पुरै बस्ति दुर्गन्धित बने संगै आन्दोलनमा उत्रिने तयारी गरेका स्थानीयहरुले थापा र भट्टराईले उचित पहलकदमी नलिएको भन्दै असन्तुस्टी व्यक्त गरेका हुन।

सो स्थानमा रहेको बक्स कल्भर्ट योजना निर्माण छाडेर ठकेदार भागेको आशंका गरेका स्थानीयहरुले कपन अनलाइनलाई पत्र लेख्दै सो स्थानमा रहेको सडक निर्माण अलपत्र पर्दा विद्यार्थीहरुलाई विद्यालय जान र अन्य स्थानमा आवतजावत गर्नका लागि निकै कस्ट भएको बताउदै यसले सो स्थानमा हैजा लगायतका रोगहरुको पनि संक्रमण बढेको बताएका छन।

अलपत्र निर्माणका कारण खुल्ला छोडिएको कल्भर्टले  सो स्थानमा धेरै दुर्घटना समेत बढेको तर काठमाण्डौ क्षेत्र नं ४ बाट निर्वाचित सांसद गगन कुमार थापा र उम्मेदवार डा. राजन भट्टराईको कानमा बतास नलागेको भन्दै आक्रोस पोखेका स्थानीयहरुले यस्तो संवेदनशील विषयमा स्थानीय सरकारले  समेत उदासिनता देखाएकोमा दुख व्यक्त गरेका छन।

काठमाण्डौ उपत्यका विकास प्राधिकरणको १३ करोड २ लाख ७३ हजार १८५ रुपैया लागतमा निर्माण हुन् लागेको सो योजना समयमा सम्पन्न हुन् नसकेमा डुवानको विकराल समस्या भोग्नुपर्ने त्रासमा रहेका स्थानीयहरुले समस्याको समाधान चाडै नभएमा सम्बन्धित निकायमा प्रदर्शन गर्ने सहित नेताहरु बहिस्कार गर्ने सम्मको आन्दोलन गर्ने तयारी गरेको एक पिडित स्थानीयले बताएका छन।

स्थानीयको गुनासो :  

 

 

 

 

तपाइँको प्रतिक्रिया ।