बुढानिलकण्ठ नगरपालिका वडा नं १२ : को को छन नेकपा एसका सम्भावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १५।

२०७९  बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै  बुढानिलकण्ठ नगरपालिका वडा नं १२  को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित सबै  सदस्य नेकपा एमालेले  जितेको यस वडामा  नेकपा एकीकृत समाजवादीबाट  आगामी निर्वाचनमा वडा अध्यक्ष  पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

नेकपा एमाले विभाजन पश्चात बनेको नेकपा एस बाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को  वडा अध्यक्ष पदमा दावेदारी दिन सक्ने  केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. पुरुषोत्तम नेपाल 

नेकपा एकीकृत समाजवादी काठमाण्डौ क्षेत्र नं ४ का सचिव पुरुषोत्तम नेपाल आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एसको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।

२०७४ सालको निर्वाचनमा १३८८  मत सहित नेकपा एमालेबाट   वडा सदस्यमा निर्वाचित भएका नेपाल राजनीति संगै सहकारी क्षेत्रमा  पनि सक्रिय रहेका छन।

२. ठाकुर प्रसाद खकुरेल 

नेकपा एकीकृत समाजवादी बागमती प्रदेस कमिटी सदस्य ठाकुर प्रसाद खकुरेल पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा नेकपा एसको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।

लामो समय सम्म शिक्षा क्षेत्रमा सक्रिय रहेर सेवा निवृत भएका खकुरेल विभिन्न संघ संस्थामा पनि सक्रिय रहेका छन।

३. निरन्जन नेपाल 

नेकपा एकीकृत समाजवादी बागमती प्रदेस कमिटी सदस्य निरन्जन नेपाल पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा नेकपा एसको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।

लामो समय सम्म युवा आन्दोलनमा योगदान दिएका  नेपाल सहकारी र व्यावसायिक क्षेत्रमा सक्रिय रहेका छन।

४.आशिष गुरागाई 

समाजवादी प्रेस संगठन उपत्यका प्रदेसका सचिव आशिष गुरागाई पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा नेकपा एसको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।

पत्रकारिता क्षेत्रमा सक्रिय रहेका गुरागाई विभिन्न संघ संस्थामा आवद्ध रहेका छन।

५. रामशरण सापकोटा 

नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ -१२ कमिटीका अध्यक्ष रामशरण सापकोटा पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा नेकपा एसको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।

लामो समय सम्म विद्यार्थी र सांस्कृतिक आन्दोलनमा योगदान दिएका सापकोटा बिज्ञापन व्यवसाय र संगीत क्षेत्रमा सक्रिय रहेका छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।