बुढानिलकण्ठ नगर प्रमुख : उद्दव खरेललाई छ नेताको कडा चुनौती
कपन अनलाइन
काठमाडौँ चैत्र १४।
२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै नेकपा एमालेका तर्फ बाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा दावेदारी गर्ने नेताहरुको कसरत र दौडधुप पनि ह्वातै बढेको छ।
२०७४ सालमा नगरप्रमुखको उम्मेदवार बन्दा अर्को पटक दावी गरेर नेताहरुको घर नधाउने तर पार्टीले आवस्यकता महसुस गरेर जिम्मेवारी दिए पछी नहट्ने बताएका नगर प्रमुख खरेललाई केहि नेताहरुले चुनौती दिंदा नेकपा एमालेमा व्यापक बहस सुरु भएको छ।
नेकपा एमालेका केहि नेताहरु अहिले विभिन्न माध्यमहरुको उपयोग गर्दै नगर प्रमुख पदमा आफ्नो दावेदारी प्रस्तुत गरिरहेको समयमा यसले नगरपालिकामा निकै चर्चा पाइरहेको छ।
सुरुवाती चरणमा नगर प्रमुख पदका लागि दर्जनौ दावेदार देखिएपनि कतिपय नेताहरुले पहलाकै जिम्मेवारीमा दोहोराउने सम्भावना प्रवल बन्दै गएको परिस्थितिमा नगर प्रमुख पदमा आफ्नो शसक्त दावी प्रस्तुत गर्न सक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१.रमादेवी राई
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा विजयी रमादेवी राई पनि आउने निर्वाचनमा नगर प्रमुख पदका लागि सम्भावित दावेदारका रुपमा रहेकी छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेकी राईले लामो समय शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएकी छन भने उनि विभिन्न राजनीतिक र सामाजिक गतिविधिमा पनि निरन्तर सक्रिय रहदै आएकी छन।
२. मिठाराम अधिकारी
नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य रहेका मिठाराम अधिकारी पनि नेकपा एमालेको तर्फबाट प्रमुख पदको दावेदार देखिएका छन। साविक कपन गाविसका पुर्व अध्यक्ष समेत रहेका अधिकारी नगरपालिकामा विकासप्रेमी नेताका रुपमा लोकप्रिय रहेका छन।
पटक पटक आस्वासन र बचन पाए पनि जिम्मेवारी भने नपाएका अधिकारीले यस पटक भने नगर प्रमुख पदमा शशक्त रुपमा दावेदार प्रस्तुत गरेको चर्चा नगरपालिकामा चलिरहेको छ।
३. विदुर विक्रम खड्का
नेकपा एमालेका जिल्ला कमिटीका सचिवालय सदस्य विदुर विक्रम खड्का पनि नेकपा एमालेको तर्फ बाट नगर प्रमुख पदका दावेदारका रुपमा रहेका छन।
स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडी नगरपालिकामा नेकपा एमालेको प्रतिनिधिका रुपमा कार्य गरिसकेका खड्का नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका कार्यालय सचिव समेत रहेका थिए ।
४. प्रदिप डंगोल
नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल पनि आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदको दावेदारका रुपमा रहेका छन। निकै लामो समय सम्म नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेर सक्रिय रहेका डंगोल गत स्थानीय तहको निर्वाचनमा वडा नं ६ को अध्यक्ष पदका उम्मेदवार रहेका थिए।
५ . नवराज भट्टराई
बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई पनि नगर प्रमुख पदका दरिला दावेदारका रुपमा देखिएका छन।
नेकपा एमाले बुढानिलकण्ठमा पुस्तान्तरण र परिवर्तनको माग उठिरहेको समयमा भट्टराई युवा पुस्ताबाट नगर प्रमुख पदका लागि शशक्त दावेदारका रुपमा देखिएका छन ।
६.जयराम थापा
नेकपा एमालेका जिल्ला कमिटी सदस्य जयराम थापा पनि आउने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका सम्भावित दावेदारका रुपमा रहेका छन।
हाल गणेश मावी व्यवस्थापन समितीका अध्यक्ष रहेका थापा बुढानिलकण्ठ क्षेत्र विकास समितीको अध्यक्ष लगायत विभिन्न संघ संस्थामा पनि आवद्ध रहेका छन।
माथिका नेताहरु अहिले विभिन्न माध्यमहरु प्रयोग गर्दै नेता तथा शक्ति केन्द्रहरुको भ्रमण ( ! ) मा निकै सक्रिय बने संगै नेकपा एमालेको राजनीति निकै तातेको एक नेता बताउछन।
आफ्नो राजनीतिक जीवनको उत्तरार्धमामा रहेका केहि नेता निकै गम्भीर बनेर यो दौडमा लागेको बताउदै ति नेताले २०७४ सालमा रहेको नेकपा एमालेको प्रभावशाली जितलाई कायम राख्न सक्ने नेतृत्व छनौट गर्ने वारेमा नेताहरु विच छलफल तीव्र भएको बताएका छन।
पार्टी विभाजन भएको अवस्थामा नेता ,कार्यकर्ता ,विरोधी र जनतालाई चिडयाउने भन्दा पनि रिझाउने नेताको खोजीमा रहेको नेकपा एमालेले चैत्र मसान्त सम्म उम्मेदवार तय गर्ने तयारी गरेको छ।