बुढानिलकण्ठ नगर प्रमुख : नेपाली कांग्रेसका चार नेता विच रोचक प्रतिस्पर्धा

कपन अनलाइन

काठमाडौँ चैत्र १४।

२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै नेपाली कांग्रेसका तर्फ बाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा दावेदारी गर्ने नेताहरुको कसरत र दौडधुप पनि ह्वातै बढेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा दुई वडा अध्यक्ष सहित केहि वडाहरुमा सदस्य जितेको नेपाली कांग्रेस बुढानिलकण्ठ अहिले नगरपालिकामा रहेको नेकपा एमालेको प्रभुत्वलाई हटाउने भन्दै आक्रामक अभियानमा रहेको छ।

नेपाली कांग्रेसका तर्फ बाट धेरै जनाले प्रमुख पदमा इच्छा व्यक्त गरेपनि अहिले चार जना नेताहरुको चर्चा व्यापक बन्दै गएको छ। पहिलो निर्वाचन पश्चातको अवधि कमजोर प्रतिपक्षका रुपमा बिताएको नेपाली कांग्रेस यस पटक भने जसरि पनि स्थानिय तहको सत्तामा पुग्ने रणनीतिमा देखिएको छ।

केहि वडाहरुमा अध्यक्ष पदका उम्म्मेद्वर सर्वसम्मत गर्दै बाँकीमा पनि चाडै टुंग्याउन प्रयास गरिरहेको नेपाली कांग्रेस बागमती प्रदेस महामन्त्री तथा २०७४ सालमा नगर प्रमुख पदका उम्मेदवार राजु श्रेष्ठको अर्थपूर्ण मौनता संगै विभिन्न उम्मेदवारहरुको दावी र उनीहरुको सम्भावनाका वारेमा गम्भीर छलफलमा जुटेको छ।

१ . गोकर्ण केसी 

नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमितिका उपसभापति गोकर्ण केसी यस पटक नगर प्रमुखको पदका सम्भावित उम्मेदवार देखिएका  छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ७ निवासी केसी यस अघि नगर समितीको उपसभापति रहिसकेका छन।

२. इन्द्र बहादुर थापा   

नेपाली कांग्रेस काठमाण्डौ जिल्ला समितीका सचिव इन्द्र बहादुर थापालाई पनि नगर प्रमुख पदको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ। थापा लामो समय देखि नगरपालिकामा राजनीतिक र सामाजिक गतिविधिमा सक्रीय रहेका छन।

३.राजाराम बुढाथोकी  

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर समितीका सभापति राजाराम बुढाथोकी पनि आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका दावेदारको रुपमा देखिएका छन। भर्खरै सम्पन्न नगर अधिवेशनबाट सभापतिमा निर्वाचित बनेका वडा नं ११ निवासी बुढाथोकी नेपाली कांग्रेसको तर्फ बाट नगर प्रतिनिधि समेत हुन्।

४. बिनोद चालिसे  

नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि तथा क्षेत्र नं ४ क्षेत्रीय समितिका पुर्व सचिव बिनोद चालिसे पनि नगर प्रमुख पदका दावेदारका रुपमा रहेका छन। वडा नं ११ निवासी चालिसे साविक कपन गाउँ इकाई समितिका पुर्व सभापति तथा प्रदेस क्षेत्र ४ (ख ) का  पुर्व सभापति समेत हुन्।

स्थानीय तहको निर्वाचन आउन ४६ दिन बाँकी रहेको अवस्था यी नेताहरु विच चुनावमा टिकट ल्याउने कसरत र प्रयास निअकी तीव्र बनेको छ भने यस पटक जसरि पनि जित्नुपर्ने दवावमा रहेका नेताहरुले पनि आकांक्षीहरुका सबलर दुर्बल पक्षलाई सघन अध्ययन गरिरहेको एक नेताले बताएका छन।

काठमाण्डौ क्षेत्र नं ४ का ८ वटा वडा रहेको बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसको नेतृत्व गर्ने नेताहरु दौड निकै तीव्र र रोचक बने संगै विभिन्न अड्कल र आंकलनका खेतिहरु पनि तीव्र रुपमा फस्टाएको एक नेता बताउछन।

दृश्यमा माथिका नेताको दौड देखीए पनि अदृश्य रुपमा माथिका (!) नेताहरुको निर्णय र  सुझावले निकै ठुलो अर्थ राख्ने भएकोले अझै केहि दिन यो दौड चल्ने ति नेताको बुझाइ रहेको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।