बुढानिलकण्ठ नगरपालिका वडा नं ९ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाडौँ चैत्र १४ ।

२०७९  बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै  बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमावडा अध्यक्ष र चार सदस्य  जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष  पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को वडा अध्यक्ष पदमा दावेदारी दिन सक्ने  केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. सुमित्रा त्रिपाठी पाण्डे

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य सुमित्रा त्रिपाठी पाण्डे आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा प्रबल दावेदारका रुपमा रहेकी  छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ की कार्यबाहक अध्यक्ष पाण्डे २०७४ सालको स्थानीय तहको निर्वाचनमा १०२५ मत सहित वडा सदस्यमा निर्वाचित भएकी थिइन्।

२. पर्शुराम कार्की 

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य पर्शुराम कार्की  पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा सम्भावित  दावेदारका रुपमा रहेका  छन।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा ९७३ मत सहित वडा सदस्यमा निर्वाचित भएका कार्की राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेका छन।

३. गोविन्द कटवाल 

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य गोविन्द कटवाल पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा सम्भावित  दावेदारका रुपमा रहेका  छन।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ( २ ) का सचिव कटवाल राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेका छन।

४. दिलिप थिङ्ग 

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का अध्यक्ष दिलिप थिङ्ग पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को अध्यक्षमा सम्भावित  दावेदारका रुपमा रहेका  छन।

रास्ट्रिय  युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य थिङ्ग राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।