बुढानिलकण्ठ नगरपालिका वडा नं २ अध्यक्ष : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १२।

२०७९  बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं १३  को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको यस वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।

शाखा र टोल  कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका  तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. मधुसुदन खड्का 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार मधुसुदन खड्का यस पटक पनि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं २  को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

अघिल्लो निर्वाचनमा ६८७ मत प्राप्त गरेका खड्का राजनीति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन ।

२. राम बिनोद लामिछाने ( बिनोद ) 

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का कोषाध्यक्ष राम बिनोद लामिछाने ( बिनोद ) पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक चपली गाविस वडा नं ६ मा अध्यक्ष पदको उम्मेदवार रहेका लामिछाने राजनीति संगै विकास निर्माण र सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन।

३.राजकाजी श्रेष्ठ  

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का सदस्य राजकाजी श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

लामो समय देखि शिक्षा क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले  राजनीति संगै सामाजिक सेवामा पनि योगदान दिएका छन।

४. जनक थापा  

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं २ समितीका सभापति जनक थापा पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

विभिन्न संघ संस्थाहरुमा योगदान दिएका थापा राजनीति संगै विकास निर्माण र सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।