बुढानिलकण्ठ नगरपालिका वडा नं ६ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ११ ।
बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा महिला सदस्य जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।
नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१.राधेश्याम भण्डारी
नेकपा एमाले जिल्ला कमिटी सदस्य राधेश्याम भण्डारी आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
जिल्ला कमिटीको उद्योग विभाग इन्चार्ज रहेका भण्डारी लामो समय देखि राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेका छन।
२.श्याम केसी
नेकपा एमाले जिल्ला कमिटी सदस्य श्याम केसी पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
नेकपा एमाले बुढानिलकण्ठ वडा नं ६ कमिटीको इन्चार्ज समेत रहेका केसी राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेका छन।
३.नानु खड्का (श्रेष्ठ )
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य नानु खड्का (श्रेष्ठ ) पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेकी छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले तर्फ बाट निर्वाचित वडाकी एक मात्र जनप्रतिनिधि खड्काले ७१० मत प्राप्त गरेकी थिइन्।
४.रवी खड्का
नेकपा एमाले बुढानिलकण्ठ वडा नं ६ कमिटीका अध्यक्ष रवी खड्का पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेकी छन।
खड्का लामो समय देखि राजनीति र समाजसेवामा सक्रिय रहेका छन।