नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले गोकर्णेश्वर २ मा स्वास्थ्य शिविर गर्दै
कपन अनलाइन
काठमाडौँ, चैत्र १० । नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र गोकर्णेश्वर ६ ले नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ। आत्मा साक्षी राखी मन, बचन र कर्मले वृद्द,अपाङ्ग असाहयको सेवा। शान्ति ,स्थायित्व र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा टेवा भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं २ संगको सहकार्यमा चैत्र ११ गते शुक्रबार बिहान ८ बजे देखि ३ बजे सम्म गोकर्णेश्वर नगरपालिका वडा नं २ स्थित नयाँपाटी स्वास्थ्य केन्द्रमा कोभिड १९ बाट प्रभावित सामुदायिक बिध्यालय तथा संस्थागत बिध्यालयमा अध्ययनरत बालबालिका एबम अभिभावकलाइ स्वास्थ्य सचेतना, आँखा/ दन्त परिक्षण गर्न लागेको हुँदा उक्त कार्यक्रममा सहभागी भइ लाभ लिन समेत आयोजकले अनुरोध गरेको छ।
मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि खुशी र स्वस्थ भए मात्र समाज स्वस्थ हुने बताउदै स्वस्थ समाज निर्माणको लागि नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले बिभिन्न स्थानमा नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर लगायतको कार्य गर्दै आएको छ ।