गोकर्णेश्वर नगरपालिकाको युवा तथा खेलकुद विकास समितिको कार्यालय उद्घाटन

गोकर्णेश्वर नगरपालिकाको युवा तथा खेलकुद विकास समितिको कार्यालय उद्घाटन

कपन अनलाइन

काठमाडौँ, चैत्र १० ।   गोकर्णेश्वर नगरपालिकाको युवा तथा खेलकुद विकास समितिको कार्यालय उद्घाटन भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा आज एक कार्यक्रमका बीच  प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले कार्यालय उद्घाटन गरेका हुन ।

गोकर्णेश्वर  युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल, नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,काठमाडौं महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राम मानन्धर, वडा नं. ३ का अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का अध्यक्ष रमेश अर्याल, , वडा नं. ९ का अध्यक्ष राजिव थापा, नगरपालिकाका  प्रमुख सल्लाहकार दीपक रिसाल, नेपाली कांग्रेस प्रदेश नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला क्षेत्र नं. ३ प्रदेश ” ख ” का सभापति बिमल ठकुरी प्रदेश क का सभापति , श्रीराम चालिसे  नेपाली कांग्रेस गोकर्णेश्वर नगर अध्यक्ष कुमार लामा ,इकाई सभापतिहरु सहित खेलाडी  र खेलप्रेमी ब्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रम राम नारायण शाहले संचालन गरेका थिए ।

 राष्ट्रिय गान र नगर गान संगै शुरु भएको उक्त कार्यक्रममा खलकुद बिज्ञ दिपक लामाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले  खेलकुदलाई प्राथमिकतामा राखेर बजेट छुट्याउने मुलुककै पहिलो नगरपालिका भएको दाबी गरेका थिए । खेलकुदले नगरपालिकाको शान र नाम दुवै  बढाएको भन्दै खेल क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गरेको बताए । उनले नगरपालिकाको सहयोगमा ब्याटमिण्टनका कोर्टहरु, कराँतेका हलहरु, भलिबलका कोर्टहरु बनिरहेका र २ वटा फुटबल ग्राउण्ड समेत १ महिना भित्रै तयार हुने गरी निर्माण भईरहेको जानकारी दिए । उनले मार्सलआर्टका धेरै खेलकुद र राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी, प्रशिक्षक समेत यसै नगरपालिकामा भएकोले खेलकुदलाई प्रोत्साहन गर्ने गरी काम गरिरहेको दावी गरेका थिए  ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, उप प्रमुख शान्ती नेपाल लगायतले शुभकामना मन्तब्य  राखेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर  युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामालेउपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए उनले खेलकुद समितिले खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि बिभिन्न कार्य गरिरहेको बताएका थिए। उनले खेलाडीहरुलाई नगरपालिका भित्र मात्र नभई देश र विदेशमा समेत प्रतिस्पर्धा गर्न पठाएको जानकारी गराएका थिए। आर्थिक अभावको कारण खेल खेल्न नसक्ने खेलाडीहरुलाई आर्थिक सहयोग समेत गर्दै आएको जानकारी गराएका थिए ।नगरपालिकामा खेलकुदको बिकासका लागि समितिले सबैलाई समेटर  योजनाबद्द रुपमा अघि बढ्ने धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।