गोकर्णेश्वर नगरपालिकामा मेयर कप बिध्यालय स्तरीय भलिबल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौँ, चैत्र १० । गोकर्णेश्वर नगरपालिकामा मेयर कप बिध्यालय स्तरीय भलिबल प्रतियोगिता २०७८ हुने भएको छ ।गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा गोकर्णेश्वर युवा जागरण क्लब (GFG)को संयोजनमा भोलि चैत्र ११ गते बिहान  ९ बजे बाट गोकर्णेश्वर नगरपालिका वडा नं २ स्थित बाल सुधार माबीको खेल मैदानमा  शुरु हुने उक्त प्रतियोगितामा नगरपालिकाका १० वटा बिध्यालयले सहभागिता जनाएका छन ।

 

खेलकुदको विकास विद्यालय तहबाटै शुरु  हुने र यस्ता प्रतियोगिताले विद्यार्थी बीच आपसी भाइचारा तथा मित्रता विकास हुनुको साथै   बिध्यालयहरु बीच एक आपसमा संस्थागत सम्बन्ध विस्तार गर्दै प्रतिभावान खेलाडी उत्पादन गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको गोकर्णेश्वर युवा जागरण क्लब (GFG) का अध्यक्ष विकेश श्रेष्ठले जानकारी गराए  दुइ दिन सम्म चल्ने उक्त प्रतियोगितामा प्रथम दितीय र तृतीय हुने टिमले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने पनि आयोजकले जानकारी गराए ।

यस्तो छ खेल तालिका:

 

 

तपाइँको प्रतिक्रिया ।