बुढानिलकण्ठ नगरपालिका वडा नं २ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १०।
बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित ५ सदस्य जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।
नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं २ को वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. राजेन्द्र खड्का
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य राजेन्द्र खड्का आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा १०४१ मत सहित वडा नं २ को अध्यक्षमा विजयी बनेका खड्का राजनीति संगै स्थानीय विकास निर्माण र सामाजिक सेवामा सक्रिय रहेका छन।
२. राजेन्द्र श्रेष्ठ
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं २ कमिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा १०१९ मत सहित वडा नं २ को सदस्यमा विजयी बनेका श्रेष्ठ नगरपालिकाको अनुगमन समिती सदस्य समेत हुन् ।
३.ज्ञानु कार्की ( थापा )
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य ज्ञानु कार्की ( थापा ) पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा १०७१ मत सहित वडा नं २ को सदस्यमा विजयी बनेकी कार्की राजनीति संगै महिला समुह र सामाजिक सेवामा सक्रिय रहेकी छन।
४.जय बहादुर लामा
नेकपा एमाले सदस्य जय बहादुर लामा पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं २ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ९६८ मत सहित वडा नं २ को सदस्यमा विजयी बनेका लामा राजनीति संगै स्थानीय विकास निर्माण र सामाजिक सेवामा सक्रिय रहेका छन।