थलीमा आक्रोसित भिडको घेरामा सांसद रामेश्वर फुँयाल
कपन अनलाइन
काठमाडौं, चैत १०।
लामो समय देखि सडक नबन्दा धुलो र हिलोले आजित कागेश्वरी मनोहरा नगरपालिका थलीका स्थानीयहरुले काठमाण्डौ क्षेत्र नं ३ ( २ ) बाट निर्वाचित प्रदेस सभा सदस्य रामेश्वर फुँयाललाई घेराउ गरेका छन।
अलपत्र सडक हेरेर वर्षौ बिताउन बाध्य बनेका आक्रोसित स्थानीयहरुले आज बिहान सडक अवरुद्ध गरेर प्रदर्शन गर्दै सो स्थानमा पुगेका सांसद फुँयाललाई घेरेर दर्जनौ प्रश्न गरेका थिए।
काम सुरु गरेको सात वर्षसम्म पनि सडक पिच नभएको भन्दै स्थानीयवासी आज बिहान सडकमा भेला भएर सवारी आवागमन अवरुद्ध पारेपछी त्यसपछि बाटो खुलाउने पहल गर्न भन्दै प्रहरीहरु सहित पुगेका फुयाँलले केहि दिन भित्रै समस्या समाधानको पहल गर्ने बताएका थिए।
तपाईंहरुको लागि लड्या लड्यै छु, बाटो पिच गराउँछु भन्दै आश्वासन दिएका फुँयाल संग स्थानीय भने निकै आकोसित भएका थिए। सडक अलपत्र पारेर ठेकेदार भागेको चर्चा चले संगै पिडित स्थानीयहरु प्रदर्शनमा उत्रेका हुन्।
पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र रहेको थली र शाखुका जनताहरुले अलपत्र सडकका कारण बहुआयमिक समस्या भोग्दै आएका छन ।