बुढानिलकण्ठमा २०७६ मंसिरमा भएको कार दुर्घटनाका दोषीलाई ६ महिना कैद हुने
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ८।
बुढानिलकण्ठमा २०७६ मंसिरमा भएकोकर दुर्घटनाको मुद्दाका आरोपी पृथ्वी मल्ललाई काठमाडौँ जिल्ला अदालतले ६ महिना कैद र दश हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले अभियोग दाबीलाई आंशिक ठहर गर्दै प्रतिवादी मल्ललाई सजाय गरेको हो। सजाय पाएका मल्लले मदिरा सेवन गरेर सवारी चलाउँदा गोर्खाकी लिला देवकोटाको निधन भएको थियो।
रातका समयमा बा १४ च ६१२३ नम्बरको कार दुर्घटना देवकोटालाई ठक्कर दिएको थियो। पस्मिना कारखाना चलाइ रहेकी देवकोटालाई मादक पदार्थ सेवन गरेर मल्लले चलाएको कारले ठक्कर दिएपछि उनलाई अस्पताल पुर्याउने वित्तिकै मृत घोषणा गरिएको थियो।
पुर्पक्ष थुनामा सात महिना बसेका मल्ललाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
तपाइँको प्रतिक्रिया ।