बितेको पाँच वर्षमा बुढानिलकण्ठका जनतालाई “फिल” हुने गरेर काम गरेका छौ : नवराज भट्टराई
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले २०७४ सालको स्थानीय तहमा नेकपा एमालेले विजयी प्राप्त गरेपछि बुढानिलकण्ठका जनतालाई “फिल” हुने गरेर काम गरेको बताएका छन।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीको आयोजनामा भएको स्थानीय तहको निर्वाचन केन्द्रीत अभिमुखीकरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष भट्टराईले नगरपालिका र वडा नं १० मा धेरै ठुला र महत्वपूर्ण पूर्वाधार निर्माण भएको बताएका हुन।
बुढानिलकण्ठ नगर अस्पताल ,धोवीखोला कोरिडोर,कपन ह्यान्डबल मैदान,बृहत सिद्देश्वर क्षेत्र जस्ता ठुला आयोजनाहरुको वारेमा जानकारी दिदै अध्यक्ष भट्टराईले हरेक टोलमा वडाको देखिने उपस्थिति रहेको बताएका छन।
वडामा भएका विकास निर्माणका गतिविधिहरुका वारेमा नेपाली कांग्रेसले गलत प्रचार गरेको प्रति आपत्ति जनाउदै अध्यक्ष भट्टराईले वडामा भएका हरेक ठुला निर्माणमा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको महत्वपूर्ण योगदान रहेको भन्दै प्रसंसा समेत गरेका छन।
२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि बुढानिलकण्ठ -१० मा नेकपा एमाले नै जित्ने दावी गर्दै उनले गएको पाँच वर्षमा गरेका हरेक कामहरुको पूर्ण विवरण सहित जनताको माझमा चाडै नै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन।