खिजीदेम्बामा अम्बिरको आक्रोस: “वर्षेनी आएको करोडौं बजेट कहाँ खर्च भयो ?”
कपन अनलाइन
ओखलढुंगा ,चैत्र ४ ।
ओखलढुंगा जिल्ला प्रदेस क्षेत्र नं १ बाट निर्वाचित प्रदेस सभा सदस्य तथा पुर्व मन्त्रि अम्बिरबाबु गुरुङले खिजिदेम्बा गाउँपालिकाले ५ वर्षमा एउटा पनि दिर्घकालिन महत्वको विकास गर्न नसकेको आक्रोस व्यक्त गरेका छन ।
खिजीफलाटेमा नेपाल शेर्पा विद्यार्थी संघको कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले खिजीदेम्बा गाउँपालिकाको नेतृत्व पूर्णरुपमा असफल भएको आरोप लगाउदै नेता प्रदेस सभा सदस्य गुरुङले प्रदेश सरकारले पठाएको बजेट समेत खिजिदेम्बा गाउँपालिकाले उपयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
गाउँपालिकाको नेतृत्वले स्पष्ट विकासको खाका तयार नगरेकाले समृद्धिको अनेक सम्भावना भएर पनि खिजीदेम्बा विकासमा निकै पछि परेको उनको भनाई थियो ।
गाउँपालिकामा वर्षेनी करोडौं बजेट र प्रदेशका ४ वटा शिर्षकमा बजेट पठाए पनि र गाउँमा नमुना योग्य काम केही भएको देखिएन भन्दै गुरुङले बजेट कहाँ गयो ?भन्दै प्रश्न गरेका थिए ।
उनले भने, ‘पालिकामा भएको स्रोत साधन प्रयोग गर्न नजान्ने, माथिल्लो निकायमा पहल कदमी गर्ने हैसियत नबनाउने यहाँका जनप्रतिनिधिले ५ वर्षमा शासक बनेर सुविधाभोग गर्दै जनतामाथी शासन गर्न बाहेक केही गर्न सकेनन् । आगामी निर्वाचनमा मत माग्न जनताका बीमा जाँदा के गरेँ भनेर देखाउँने ? ’ पूर्वमन्त्री गुरुङले आफुले मन्त्री हुँदा प्रदेशबाट पठाएको बजेट समेत उचित कार्यान्वयन गर्न नसकेको बताउँदै ५ वर्षमा भए गरेका काम र खर्चको विवरण जनताका बीचमा सर्वजानिक गर्न गाउँपालिकालाई चुनौती समेत दिएका छन् ।
स्थानीय सरकार सकृय र सकारात्मक हुँदा आफ्नो निर्वाचन क्षेत्र भित्रका अन्य स्थानीय तहमा अनेकौं दिर्घकालीन महत्वका योजना अघि बढाएको बताउँदै उनले खिजीदेम्बामा नेतृत्व सकृय नहुँदा अपेक्षित विकास गर्न नसकेको बताए ।
खिजीदेम्बामा एकिकृत सरकारी भवन, सडक निर्माण तथा स्तरोन्नित, खेल मैदान तथा सामुदायिक भवन निर्माण, खानेपानी, सिँचाई, शिक्षा र स्वास्थ्य लगायतको क्षेत्रमा आफुले पठाएको बजेटबारे जानकारी दिँदै उनले बजेट सदुपयोग गरेर स्थानीय जनप्रतिनिधिले काम नगरेकोमा दुख समेत व्यक्त गरेका छन ।