नेकपा एमाले शंखरापुर नगर स्तरीय प्रशिक्षण भेला सम्पन्न
कपन अनलाइन
काठमाडौँ, फाल्गुन २१ । नेकपा एमाले शंखरापुर नगर स्तरीय प्रशिक्षण भेला सम्पन्न भएको छ । काठमाण्डौं क्षेत्र नम्बर २ शंखरापुर नगर कमिटीको आयोजनामा आज साँखु स्थित समरा गार्डेनमा नगर स्तरीय प्रशिक्षण भेला सम्पन्न भएको हो ।प्रशिक्षण भेलालाई सम्बोधन गर्दै एमाले पोलिट ब्युरो सदस्य एवम् काठमाण्डौं क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सांसद माननीय कृष्ण बहादुर राईले ओली नेतृत्व सरकारमा हुँदा गरेका काम जनतामा प्रष्ट प्रचारप्रसार गर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले वैशाख ३० गतेको स्थानीय तहको निवार्चन सम्पन्न हुने र एमाले पार्टी स्थानीय तहको निवार्चनमा पूर्ण बहुमतका साथ आउने दाबी गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राईले पार्टीले तोकेका सबै कामहरु गर्न र स्थानीय तहको निवार्चनमा लाग्न सबैलाई आग्रह गरेका छन्।
शंखरापुर नगर कमिटीका अध्यक्ष राम कुमार तिवारीको अध्यक्षमा भएको कार्यक्रममा एमालेका बागमती प्रदेश सभा सदस्य मणिराम फुयाँल,बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ,काठमाण्डौं जिल्ला कमिटी उपाध्यक्ष नवराज पराजुली,पार्टीका काठमाण्डौं जिल्ला सचिवालय सदस्य एवम् क्षेत्र नम्बर २ संयोजक कृष्ण बजगाईं लगाएतले आ-आफ्नो धारणा राखेका थिए ।नगर स्तरीय प्रशिक्षण भेलामा विभिन्न पार्टीबाट पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने कार्यकर्तालाई टिका तथा खादा लगाएर स्वागत गरिएको थियो । प्रशिक्षणमा थुप्रै नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।