लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले शनिबार रक्तदान कार्यक्रम गर्दै
कपन अनलाइन
काठमाडौँ फाल्गुन २०। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी स्वीकृत अन्तरगतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले रक्तदान कार्यक्रम गर्ने भएको छ । फाल्गुन २१ गते शनिबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थली स्थित मिनील्याण्ड स्कुल प्रांगणमा रक्तदान जीवनदान, रक्तदान महादान,रक्तदान पुण्यकाम भन्ने मूल नाराको साथमा बिहान ९ बजे देखि बजे देखि २ बजे सम्म रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालन गरिने रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट लायन विख्यात प्रसाद थपलियाले अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।