बागमति प्रदेश पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले गरे राष्ट्रिय शहिद तथा शान्ति पार्क जगडोलमा वृक्षारोपण
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १५। राष्ट्रिय शहिद तथा शान्ति पार्क।निजामति(स्मारक)यज्ञडोल(जगडोल)सामुदायिक बन क्षेत्रको बागमति प्रदेश पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ र बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिंग दोर्जे लामाले स्थलगत अवलोकन गरेका छन। शनिबार उनले उक्त क्षेत्रको स्थलगत अवलोकन गर्नुको साथै पार्क परिसरमा वृक्षारोपण गरेका छन। उनले शहिदहरु प्रति श्रदान्जली अर्पण गरेका थिए । उनलाई यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देलले पार्क निर्माणको बारेमा अवगत गराएका थिए।
उनले राष्ट्रिय शहिद तथा शान्ति पार्क।निजामति(स्मारक)यज्ञडोल(जगडोल)सामुदायिक बन पर्यापर्यटन तथा उद्यान व्यवस्थापन सचिवालयमा पार्क निर्माण सम्बन्धि छलफल गरेका थिए। उक्त छलफलमा बनका अध्यक्ष सुदर्शन सिग्देलले मन्त्रि समक्ष पार्कको पर्यापर्यटन स्तम्भ क्षेत्रलाइ गुरुयोजना बमोजिम १ करोड २५ लाख उल्लेख भएकोले सोहि बमोजिम बागमती प्रदेश पर्यटन मन्त्रालय बाट यसै आर्थिक बर्षमा सम्पन्न हुने गरि पुर्व विनियोजित रकम रकमान्तर गरि २ प्याकेज मा विभाजन गरि प्रक्रिया अगाडी बढाउन अनुरोध गरेका थिए। त्यसै गरि उनले आर्थिक बर्ष २०७९/८० को योजना प्रस्ताब गर्न बागमती प्रदेश पर्यटन मन्त्रालय र बन तथा बातावरण मन्त्रालयलाइ गुरुयोजनामा उल्लेख भएको शालिकहरु निर्माण गर्ने र पर्यापर्यटन बिकासका लागि पार्कको तर्फ बाट रकम माग गरेका थिए।
उक्त माग प्रति मन्त्री श्रेष्ठले सकारात्मक भएको र अध्ययन पश्चात सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।उक्त कार्यक्रममा बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिंग दोर्जे लामाले सहजीकरण गरेका थिए। छलफलमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर ४ का वडा सदस्य जयराम महत , नेकपा एकीकृत समाजबादीका नेता गोबिन्द बहादुर श्रेष्ठ, नेपाली कांग्रेस गोकर्णेश्वर ३ का सचिब जन्जित केसी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।