गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा वडा स्तरीय बाल अधिकार समिति गठन

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा वडा स्तरीय बाल अधिकार समिति गठन

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ३ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको छ। सोमबार  गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा बालविकास समाज र विश्व शिक्षाको सहकार्यमा उक्त समिति गठन गरिएको हो ।वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरस्तरीय बालअधिकार संरक्षण समितिको संयोजक एबम नगर उप प्रमुख शान्ती नेपाल रहेको कार्यक्रममा बाल विकास समाजका गोबिन्द बिक, गोकर्णेश्वर नगर स्तरीय बाल अधिकार संरक्षण समितिका सदस्य संजय आचार्य, सहयोगी माबीका प्रधानाध्यापक निर्माण न्यौपाने लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

 संक्षिप्त रुपमा आयोजित उक्त कार्यक्रम संचालन गोकर्णेश्वर नगरपालिका सामाजिक विकास शाखा प्रमुख भीमा थापाले संचालन गरेकी थिइन ।

कार्यक्रममा बालविकास समाज र विश्व शिक्षा को तर्फ बाट  गोविन्द विकले कार्यक्रमको उदेश्य माथी  प्रकाश पारेका थिए । बाल विकास समाजले सधै बालबालिकाहरुको समृद्धिका लागि काम गर्ने भएको हुँदा स्थानीय सरकारलाई सहयोगी हुनेगरी नै संस्थाले कार्यक्रम सञ्चालन गरिरहेको कुरा बताएका थिए ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा वडा स्तरीय बाल अधिकार समितिको संयोजकमा वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ रहेका छन भने सदस्य सचिवमा वडा सचिव नवराज सेन रहेका छन त्यसै गरि सदस्यहरुमा  गोकर्ण माध्यमिक बिद्यालयका शिक्षक पुष्पराज भण्डारी,संयुक्त एकता अपाङ्ग आवाज  केन्द्र बाट तिल बहादुर कार्की,गोकर्ण नगर अस्पताल बाट डा स्याङवोर लामा, स्वस्थ समाज नेपाल बाट सीता श्रेष्ठ, सहयोगी माध्यमिक बाट बाल क्लब कि अध्यक्ष  पंक्षी मुक्तान रहेकी छन  ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा वडा स्तरीय बाल अधिकार समितिका नव गठित सदस्यहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।