स्थानीय निर्वाचनमा १८ जना थिए चन्द्रागिरी नगर प्रमुखका उम्मेदवार,कस्तो थियो मतपरिणाम ?
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा चन्द्रागिरी नगरपालिकाको प्रमुख पदका लागि १८ जनाले उम्मेदवारी दिएका थिए। सो निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १८ जना उम्मेदवार रहेका थिए।
निर्वाचन आयोगको मतपरिणामक आनुसार सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले १३३०९ मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार प्रह्लाद बहादुर कार्कीले १०४२१ मत प्राप्त गरेका थिए।
त्यस्तै नेकपा माओवादी केन्द्रका श्रीकृष्ण श्रेष्ठले ३६८७ मत प्राप्त गरेका थिए भने राप्रपाका मदन बहादुर थापा मगरले ६४२ मत प्राप्त गरेका थिए।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका गुणदास महर्जनले ४२५ मत प्राप्त गरेको सो निर्वाचनमा कृष्णहरु बस्नेत ,माधव प्रसाद रेग्मी , बिमल श्रेष्ठ ,रंजित चन्द्र प्रधान ,रामेश्वर गोपाली,विष्णु कुमार कार्की ,रामलाल श्रेष्ठ ,राजाराम सुबेदी ,आशा कुमारी महर्जन ,सुमित्रा घिमिरे ,बिना गिरी ,निलकण्ठ पौडेल र नन्द कुमारी श्रेष्ठ नगर प्रमुख पदका उम्मेदवार रहेका थिए।