राजु श्रेष्ठ भन्छन, “यदि चुनिखेलमा क्रिकेट मैदान र वडा नं ८ मा रंगशाला बनेको भए”
कपन अनलाइन
काठमाण्डौ ,माघ १९।
नेपाली कांग्रेस बागमती प्रदेसका महामन्त्री राजु श्रेष्ठले बुढानिलकण्ठ नगरपालिकाका दुई स्थानमा खेलकुदको भौतिक पूर्वाधार निर्माण गर्न सकेको भए खेल पर्यटनमा नगरपालिकाले फड्को मार्ने बताएका छन।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख ) को संयोजन र महाधिवेसन प्रतिनिधि तथा पुर्व क्षेत्रीय सचिव बिनोद चालिसेको पहलमा अग्रमोर्चामा सक्रिय संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री सहयोग कार्यक्रममा बोल्दै श्रेष्ठले वडा नं १३ मा रहेको सुवर्ण शमशेर क्रिकेट मैदान र वडा नं ८ मा मार्क्सीय गुरुकुलले ओगटेको सार्वजनिक जग्गामा रंगशाला निर्माण गर्न सकिएको भए अहिले बुढानिलकण्ठ नगरपालिका खेलकुद पर्यटनको केन्द्र बनिसक्ने धारणा राखेका थिए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखको उम्मेदवार समेत रहेका श्रेष्ठले बुढानिलकण्ठ नगरपालिका खेलकुद सहित प्राकृतिक र धार्मिक सम्पदामा निकै धनी रहेको भन्दै उचित योजना र इच्छाशक्तिको कमीका कारण उज्ज्वल सम्भावना बोकेको स्थान ओझेलमा परेको भन्दै दुख समेत व्यक्त गरेका छन।
नगरपालिकाका जनप्रतिनिधि सफल हुँदा नगरपालिका सफल हुने ठानेर आफुले सधै बन्द गर्ने भन्दा खुलाउने ,अवरोध गर्ने भन्दा अगाडी बढाउने तर्फ सकारात्मक सोचेको बताउदै महामन्त्री श्रेष्ठले वडा नं ८ मा रहेको ७३ रोपनी भन्दा बढी जग्गा निस्क्रिय संस्थाले ओगट्नु भन्दा त्यसमा खेलकुदको ठुलो पूर्वाधार निर्माणका लागि व्यापक बहस चलाउन संचार माध्यमहरुलाई आग्रह गरेका थिए।